जस्तोसुकै विषालु सर्पले टोकेपनि १ रुपैयाँमा उपचार

 राजकुमार कार्की, पुस ८ -

बिषालु सर्पले टोकेर परेका बिरामीलाई एक रुपियामा नै उपचार गर्ने सिप छ तर प्रयोग गरि बिरामीको सेवा गर्न कानुनी अधिकार छैन । यस्तै समस्यामा सिन्धुलीको डकाहा बजारमा बस्दै आउनु भएका कबिराज विवेक पौडेल पर्नु भएको छ । 
बैधानीक रुपमा बिरामीको सेवा गर्न लडाई लड्दा राज्यबाट कुनै सहयोग नपाएपछि नाम र ईज्जतका लागि गैरकानुनी रुपमा विरामीको सेवा गर्न थालेको उहाले गुनासो गर्नुभयो । लेखनाथ नगरपालिका-२ कास्की निवासी ३१ बर्षिय पौडेलले ुिवं।सं २०५४ सालमा पोखरा कै निखिल आयुर्वेदिक विद्यालयबाट आयुर्वेद शिक्षा पुरा गरेपछि बिषालु सर्प दंस उपचार सम्बन्धि अनुसन्धान सुरु गरि चार वर्षपछि औषधि पत्ता लगाउनु भएको छ । 
अहिले प्रयोग भई रहेको कानुनी बैद्यता पाएको औषधि एन्टि स्नेक भेनम्ुको तुलनामा आफुले पत्ता लगाएको दबाई निकै सस्तो रहेको र जस्तोसुकै बिषालु सर्पले टोकेको बिरामीको उपचार एक रुपियामा हुने उहाँको दावी छ । उपचार गर्दा लाग्ने पट्टि र सामग्री बिरामी आफैले ल्याउनु पर्ने त्यस बाहेक बिरामीले औषधि प्रयोग गरे बापत एक रुपियाभन्दा बढि तिर्नु नपर्ने कविराज पौडेलको भनाइ छ । बजारमा प्रचलित एन्टिस्नेक भेनम् प्रयोग गर्न पहिले कुन सर्पले टोकेको हो पत्ता लगाउनु पर्छ । अनिमात्र त्यसको प्रयोग गर्न सकिन्छ । जबकी पौडेलले पत्ता लगाएको एउटै औषधिले गोमन् करेत हरेउ र बिच्छीले टोकेका बिरामीलाई काम गर्छ । 

अनुसन्धानको सिलसिलामा सिन्धुली बारा रौतहट र नबलपरासीमा गरि सय जनाभन्दा बढी बिषालु सर्पले टोकेका बिरामीलाई कबिराज पौडेलले आफुले पत्ता लगाएको औषधि प्रयोग गरि उपचार गरेर निको बनाई सक्नु भएको छ । गत साउनमहिनामा सिन्धुलीमा आएपछि यही मात्र ४० जना त्यस्ता बिरामीको उपचार पौडेलले गर्नु भएको छ । गर्मी मौसममा विषालु सर्पको टोकाइबाट आतंकित बनेका कमलाखोंच क्षेत्रका सिर्थौली,लदाभिर,दुधौली ,हर्षाही ,हत्पते,टाँडी गाविसका वासिन्दाका लागि कविराज पौडेल मसिहानै बनेका छन् । कविराज पौडेल आएपछि रातभर निन्द्रा पर्ने गरेको सिर्थौली गाविसका सचिव इन्द्रबहादुर कार्की वताउनुहुन्छ ।

Related

स्थानिय 1391505814309303919

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item