सिन्धुलीमा माघ २७ देखि मध्यमााचलस्तरिय क्षेत्रिय महोत्सव हुने

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_1498.html
प्रमिला वुढाथोकी पुस २
सिन्धुली गढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने नाराका साथ सिन्धुलीमा आउदो माघ २७ गतेदेखि मध्यमााचल स्तरिय क्षेत्रिय महोत्सवको आयोजना गरिने भएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरि महोत्सवको आयोजना गरिने जानकारी दिएको हो । हिजो बसेको सर्वदलिय बैठकले गरेको निर्णय अनुसार महोत्सवको माघ २७ गते महोत्सव उद्घाटन हुने र फागुन ७ गते समापन हुनेछ । महोत्सवको आयोजना सिन्धुली उद्योग बाणिज्य संघजिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालीका कार्यालय र नेपाल उद्योग बाणिज्य संघले संयुक्त रुपमा गर्नेछन् भने व्यवस्थापन सम्वन्धि जिम्मा सिन्धुली उद्योग वाणिज्य संघले लिएको छ ।
सिन्धुली जिल्लालाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पहिचान गराउन र पर्यटन वर्ष २०११ लाइ लक्षित गरि ऐतिहासिक सिन्धुलीगढी दरवारलाई पर्यटकिय क्षेत्र बनाउनुका साथै अन्य ऐतिहासिक धरोहरहरुको विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागीएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष मिन बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । मध्यमााचल स्तरिय महोत्सवले मध्यामााचल विकास क्षेत्र भित्रका जिल्लाहरुको उत्पादनको प्रचार प्रसार विकि्र एवम् प्रवर्धन गर्न साझा औपचारिक एवं अल्पकालिन वजार उपलव्ध गराउने स्वदेशी उत्पादन तथा सेवाहरु उपभोक्ता उपभोक्ताहरुलाई जानकारि गराउनुका साथै वजार विस्तार गर्ने सिन्धुलीका ऐतिहासिक तथा धार्मिक धरोहरहरुको प्रचार प्रसार गर्ने जिल्लाका विभिन्न जातजातिका सास्कृतिक पक्षंहरुको प्रचार प्रसार गर्ने जुनार क्षेत्रको दृष्यावलोकन गराउने तथा प्रचार प्रसार गर्ने सिन्धुलीगढी दृष्यावलोकन गराउने तथा प्रचार प्रसार गर्ने लक्ष्य राखेको छ ।
साथै क्षेत्रिय महोत्सवले मनोरंजनलाई पनि वढी प्रथामिकता दिने भएको छ ।
क्षेत्रिय महोत्सव अवधिभर विविध सास्कृतिक कार्यक्रमको प्रदशनि ख्याती प्राप्त कलाकारहरु विच दोहोरि गीत कार्यक्रम अन्तर विधालय नृत्य प्रतियोगिता पुरानो गारेख गणवाट सास्कृतिक कार्यक्रमको प्रदशनि विभिन्न झाकि तथा वाल उधानको व्यवस्था सकस्रहरु पिङ् मौतकाकुवा र लोक दोहोरि कार्यक्रमहरु गर्ने भएको छ । सिन्धुलीमा यस अघि पनि २०६४ पुस २४ गते पहिलो पटक सिन्धुली महोत्सव भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !