अख्तियारी नआउदा तलव खान समस्या

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_2754.html
मिन कुमार दाहाल,पुस ३ -
मन्त्रालय तथा विभागवाट रकम खर्च गर्ने अख्तियारी नआउदा सिन्धुली जिल्लाका कार्यरत कर्मचारीहरुले तलव खानवाट वन्चीत हुनु परेको छ । अध्यादेश मार्फत ल्याएको वजेटको अख्तियारी जिल्ला प्रशासननेपाल प्रहरिनेपाली सेनाकारागार शाखा तलव खान तथा माओवादी लडाकुको लागी राशन खरिदको लागी मात्र आएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल विदुर घिमीरेले वताउनुभयो ।
माओवादी लडाकुको तलवको पनि अख्तियारी आएको छैन । शिवीर व्यवस्थापन कार्यालयले लडाकुको मासीक तलव भत्ताको रकम निकासा गरिदिन माग गरेको छ हामी अख्तीयारी चाहीन्छ भनेर रोकेका छौं लेखापालले भने । आर्थिक ऐनले माथिल्लो निकायवाट खर्च गर्ने अख्तीयारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आए पछि मात्र विषयत शिर्षकको रकम निकासा दिन सकिन्छ अन्यथा मिल्दैन उहाँले भन्नुभयो । गाँउ विकास समितीको अख्तियारी पत्र जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आएको छ । सिन्धुलीको ५३ गाविसको लागी चालु तर्फ २ करोड १५ लाख १५ हजार तथा विकास अनुदान ८ करोड ८६ लाख ३५ हजार अनुदान रकम आएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । विकासे कार्यालयहरु जिल्ला विकास समितीकमलामाई नगरपालीका सिन्धुली तथा अन्य विकासँसग सम्वन्धीत कार्यालयहरु कूषि,वन,पशु,वाग्वानी,स्वास्थ्य,सिँचाइ कार्यालयहरुको चालु तथा अनुदान रकमको अख्तीयारी कोष तथा लेखा नियन्त्रण कार्यालयमा आइनपुगेको लेखापाल घिमीरले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख किश्वरी प्रसाद यादव विभागवाट अख्तिायारी नआएको कारण तलव खान समस्या भएको वताउ छन् । निकासा भएपनि स्थानिय विकास अधिकारी जिल्लामा छैनन् प्रमुख यादवले भन्नुभयॊ ।
जिल्ला शिक्षा कार्यालयका सुव्वा नवराज वरालले कात्तिक महिना देखी तलव खान नपाएको गुनासो गर्नुभयो । जिल्ला शिक्षा कार्यालयले अख्तीयारी नआएको भन्दै कात्तिक महिना देखी कर्मचारी तथा शिक्षकहरुलाई तलव खुवाउन सकेको छैन् । वजेट आए पनि गाँउ विकास समितीले कोलेनिकामा वार्षिक कार्यक्रम पेश नगरे सम्म उनीहरुलाई खर्च गर्न आदेश कोलेनिकाले दिन नमिल्ने लेखापाल विदुर घिमिरले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !