रामेछापेली पत्रकारहरु संगठित भए

 सिन्धुली दपर्ण,पुस ३ -

रामेछापबाट राजधानी गई  विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको राजधानीमा सम्पन्न भेलाले पत्रकार दिनेश बस्नेतको अध्यक्षतामा 'रामेछाप पत्रकार मञ्च' गठन गरेको छ। 
रामेछाप जिल्लाको कला, संस्कृति, पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, जिल्लाको विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने र आफ्नो जिल्लाको विकासमा सहभागी हुने उद्देश्यसहित गठन गरिएको मञ्चको उपाध्यक्षमा हरि घिमिरे, सचिवमा विदुर ढुंगेल, कोषाध्यक्षमा उमा केसी र सदस्यहरुमा प्रेम गौतम, राजेश भण्डारी र मानध्वज लामा रहनु भएको छ। 
समितिको पहिलो बैठकले मञ्चको विधान निर्माणलगायतको जिम्मा सचिव ढुंगेललाई दिदै रामेछापबाट राजधानी आई विभिन्न संचार माध्यम तथा संघसंस्थामा आवद्ध बरिष्ठ संचारकर्मी रहने गरी पांच सदस्यीय सल्लाहकार समिति र तीन सदस्यीय संरक्षक समिति निर्माण गरेको जनाइएको छ।
मञ्चले आगामी केही दिनभित्रै संस्थालाई औपचारिक रुपमा दर्ता गरी आफ्नो गतिविधि अघि बढाउने सचिव विदुर ढुंगेलले जानकारी दिनुभएको छ।

Related

स्थानिय 8215150177209670712

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item