सिन्धुलीमा पनि केवलकार वन्ने

 सिन्धुली दपर्ण, पुस ३ -

सिन्धुलीमाढी जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि सदरमुकाम सिन्धुलीमाढीस्थित च्याउकोटडाँडामा अवस्थित प्रसिद्ध धार्मिकस्थल सिद्धबाबा मन्दिरमा एक वर्षभत्रमा केबुलकार निर्माण हुनेभएको छ ।कमलामाई नगरपालिका-९ मा अवस्थित उक्त मन्दिरसम्म जान-आउन सोही वडाको मल्लागाँउ ठुलीचौरीबाट केबुलकार निर्माणका लागि सिद्धबाबा केबुलकार प्रालि, सिन्धुली र भारतीय ठेकेदार कम्पनि -सिआई) बीच कोलकतामा सम्झौता भएको केबुलकार निर्माण समितिले जनाएको छ । केबुलकार निर्माण गर्न मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार लाइसेन्स प्राप्त गरी विस्तृत प्राविधिक अध्ययन र र्सर्वेक्षणसमेत पुरा भइसकेको बताइएको छ ।
करिब रु. १५ करोड अनुमानित लागत रहेको उक्त केबुलकारको लम्बाइ एक हजार ६०० मिटर रहेको छ भने पोल -खम्बा) नौवटा गाडिने र एउटामा छजना अटाउने क्याबिन छवटा राखिने समितिले जनाएको छ । उक्त लगानीमध्ये स्थानीय बासिन्दाहरूको ३० प्रतिशत सेयर र बाँकी ७० प्रतिशत रकम परियोजना -केबुलकार निर्माण कम्पनी)को लगानी रहेको संयोजक श्रेष्ठले जनाकारी दिनुभयो । जिल्लामा पर्यटकीय क्षेत्रको विकासका लागि केबुलकार निर्माणको आवश्यकता महसुस गरी निर्माण थालनी भएको हो ।जिल्लामा रहेका ऐतिहासिक सिन्धुली दरबार, हरिहरपुरगढी दरबार, पञ्चकन्या पोखरी, कमलामाई, माईस्थान मन्दिर, कालिमन्दिर लगायतका पर्यटकीयस्थलमध्ये सिद्धबाबा मन्दिर पनि एक रहेकाले केबुलकार निर्माण भएपछि त्यसमा चढ्न राजधानी काठमाडौलगायत तर्राईका जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउनेलाई अधिकारीहरूले कुल देवताका रूपमा पुजापाठ गर्दैआएका थिए ।त्यसैले भत्किएर भग्नावशेषमा परिणत भएकोमा मन्दिरलाई पाँच वर्षघि जिल्लावासीहरूको सक्रियतामा पुनःनिर्माण गरिएको अधिकारीले बताउनुभयो ।

Related

स्थानिय 390048805404841507

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item