सिन्धुलीमा ब्रोइलर कुखुराको मासुको मुल्य बृद्धि

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_279.html
प्रमिला बुढाथोकी,मसिर २६ -
सिन्धुलीमा ब्रोइलर कुखुराको मासुको मुल्यमा बृद्धि भएको छ । ब्रोइलर कुखुरापालक व्यवसायी संघ र ब्रोइलर कुखुरा कटिङ व्यवसायी संघ सिन्धुलीको संयुक्त बैठक वसि २६ गते आइतवार देखि लागु हुने गरि ब्रोइलर कुखुराको मासुको मुल्यमा बृद्धी गरेको हो । संघको निर्णय अनुसार अव देखि ब्रोइलर कुखुरा जिउदो होलसेल प्रतिकेजी १ सय २० रुपैया जिउदो कुखुरा खुद्रा
प्रतिकेजी १ सय ४० रुपैया र ताजा मासु प्रति केजी १ सय ८० कायम गरिएको जनाइएको छ ।
प्रतिकेजी १ सय ४० रुपैया र ताजा मासु प्रति केजी १ सय ८० कायम गरिएको जनाइएको छ ।