मध्य तराइमा एक वर्षमा ६३ जना हत्या,२६ जनाको अपहरण २ जना अझै वेपत्ता

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5418.html
सुरेश बिडारी, महोत्तरी, मंसिर २६ -
मध्य तराईको आठ जिल्लामा बितेको एक वर्षमा ६३ जनाको हत्या भएको राष्ट्रिय मानव अधिकार आयोग मध्यमाचंल क्षेत्रिय कार्यालय जनकपुरले जनाएको छ । ६२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै आयोगले सुरक्षा निकायले १८ जना र बिभिन्न हतियारधारी समुहहरुले ४५ जनालाई हत्या गरेको जनाएकॊ हो । ६३ जना मध्ये धनुषामा सर्वाधिक २० जनाको हत्या भएको राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रिय कार्यालय जनकपुरको प्रतिवेदनमा उल्लेख गरिएको छ । धनुषामा मारिएका २० मध्ये छ जनालाई राज्य पक्षले हत्या गरेको छ । आयोगको प्रतिवेदन अनुसार महोत्तरीमा ९ सर्लाहीमा ७ मध्ये ३ राज्य पक्षबाट रौतहटमा ८ मध्ये ३ राज्य पक्षबाट बारामा ११ मध्ये १ राज्य पक्षबाट र पसा्रमा ९ मध्ये ६ राज्य पक्षबाट हत्या भएको छ । एक वर्ष यता मध्य तराईको आठ जिल्लाहरुमा २६ जना अपहरणमा परेको र ती मध्ये महोत्तरीमा सर्वाधिक ९ जना अपहरित भएको छ ।
जसमध्ये धनुषामा ५ सर्लाहीमा २ र रौतहटमा २ तथा बारा र पसा्रमा ३;३ जना अपहरणमा परेका छन् । ती मध्ये तीन जनाको हत्या भइसकेको छ भने दुईको अवस्था अज्ञात रहेको जनाइएको छ । मध्य तराईमा एक वर्ष यता देखिएको िहंसात्मक घटनामा महिला हिसा तेस्रो स्थानमा परेको छ । दाइजोकै कारण १३ जना महिलाको हत्या गरिएको आयोगले जनाएको छ । महिला हत्याको घटना बढी रौतहटमा देखिएको छ । रौतहटमा ०६६ मंसिर यता पाँच महिलाको हत्या भएको छ । यस्तै धनुषामा तीन सर्लाहीमा दुई र बारा पसा्र र मकवानपुरमा एक एक जना महिलाले दाइजोकै कारण ज्यान गुमाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग मध्यमाचंल क्षेत्रिय कार्यालयको प्रतिवेदन अनुसार मध्य तराईको आठ जिल्लामा बम बिष्फोट बाट १३ जनाको मृत्यु ४ जना लाई धम्कि ५ बलत्कारका घटना ५ वटा बम डिष्पोज ६ स्थानमा आगजनी गोलि प्रहार बाट १० जना घाइते १० जना माथि बोक्सको आरोप र ८ जनालाई कुटपिट दुव्यवहार १ जनालाई यातना दिएको उल्लेख गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !