एक वर्षभित्रमा सर्लाहीमा १८ जना ,धनुषामा २४ जनाको हत्या भएको तथ्याङ्क सार्वजनिक

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_2997.html
सिन्धुली दपर्ण, पुस १६ -
गएको एक वर्षभित्रमा सर्लाही जिल्लामा १८ जनाको हत्या भएको छ । जसमा अज्ञात हतियारधारी समूहबाट १३ जना राज्यपक्षबाट ३ जना र जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट २ जना मारिएका हुन् । इन्सेकले निकट भविष्यमा प्रकाशन गर्न लागेको नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०११ को सन्दर्भमा विहिवार
मलंगवामा आयोजित अन्तरकि्रयामा ईन्सेक प्रतिनिधी विदुर कुमार प्याकुरलले जिल्लामा गएको वर्षभरी भएका मानवअधिकार हनन् सम्बन्धि घटना सार्वजनिक गर्दै यो जानकारी दिनु भएको हो । उहाँका अनुसार गत वर्षको पुस १७ देखि यस वर्षको पुस १५ गते सम्ममा सर्लाही जिल्लामा ४३ वटा मानव अधिकार हनन्का घटना भएका छन् । जसमा १ सय १९ जना पीडित भएका छन् । साथै १३ जना महिला िहंसामा परेका छन् भने तीन जना महिला बोक्सीको आरोपमा उत्पीडित भएका लगायतका मानवअधिकार हननका घटना भएका ईन्सेक प्रतिनिधी प्याकुरलले जानकारी दिनुभयो ।
त्यस्तै सन् २०१०मा धनुषामा राज्य तथा गैर राज्य पक्ष बाट जम्मा २४ जनाको हत्या भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । ईन्सेक नेपाल धनुषाले विहिवारनै सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा सन् २०१० मा गैर राज्य पक्ष बाट १८ र राज्य पक्ष बाट ६ गरि जम्मा २४ जनाको हत्या भएको उल्लेख छ । त्यस्तै विभिन्न ११ घटनामा २१ जना घाईते भएको तथा जम्म ४७ वटा महिला अधिकार हननका घटना भएको तथ्याङ्कमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै ईन्सेकका जिल्ला प्रतिनिधि विनोद कुमार रविदासले गैर राज्य पक्ष बाट जम्मा ९ जनाको अपहरण भएको जानकारी दिनुभयो । त्यस्तै १२ वटा बालअधिकार हननका घटना भएको पनि जानकारी गराईएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !