तामाङ्भाषाको साहित्यीक कार्यक्रम ग्योईकाई गेताङको ९२ औ सस्करण हरिहरपुरगढीमा सम्पन्न

सिन्धुली दपर्ण  मसिर २८ 
तामाङ्भाषाको साहित्यिक सस्था पाङ्वोला छारनानको आयोजनामा हरिहरपुर गढी गाविसको वडा नम्वर ८ मा तामाङ्भाषाको साहित्यीक कार्यक्रम ग्योईकाई गेताङ मङ्गलवार सम्पन्न भएको छ । तामाङ भाषा तथा साहित्यको विकासको निम्ति विभिन्न स्थानहरुमा कार्यक्रमको आयोजना गदै आईरहेको छारनानले ९२ औ कार्यक्रम हरिहरपुर गढिको वडा नम्वर ८ मा आयोजना गरेको हो ।  
करिव ७ सय जनाको उपस्थिती रहेको कार्यक्रमको उद्द्धघाटन आदिवासि जनजाती जिल्ला समन्वय समितीका उपाध्यक्ष विवश कुमार वाईवाले उद्घाटन गर्नु भएको छ । पाङगोला छारनान सिन्धुल्ाीका अध्यक्ष काजिमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा ३१ जना सृस्टाहरुले तामाङ भाषामा आ आफ्नो रचनाहरु वाचन गरेका थिए ।जसमा मकवानपुर भोर्लेनीका मिम वहादुर ग्लान प्रथम  मकवानपुर राई गाउँका सुनारानी थिङ दोस्रो  हरिहरपुर गढी ८ का कृष्ण वहादुृर घिसिङ तेस्रो हुनुभएको छ । प्रतियोगिलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको  छ । 

Related

स्थानिय 2707129606756012747

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item