२ कक्षामा पढ्दै ५५ वर्षीया ज्यानकुमारी माझी

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5158.html
शेरबहादुर भुजेल, दोलखा, मसिर २४ -
उमेरले ५५ वर्ष पुरा गर्न लाग्दा दोलखाको भिरकोट गाविसकी ज्यानकुमारी माझीलाई भने पढ्ने उत्साह जागेको छ । माझी गाउँकी महिला स्वास्थ्य स्वयंसेविका समेत रहनु भएकी ज्यानकुमारी अहिले कक्षा २ मा पढ्दै हुनुहुन्छ । तालिम गोष्ठिमा सहभागी भए वापत वा अन्य कुनै काम गर्दा पाइने पारिश्रमिक बुझ्दा बुढी औलाले ल्याप्चे लाउने ज्यानकुमारी लाई अहिले एसएलसी पास गर्ने रहर जागेको छ ।
स्वीस सरकार विकास नियोग अन्र्तगतका परियोजनाहरुले माझी गाउँमा एकिकृत विकास कार्यक्रम साचालन गर्न थाले पछि माझीगाउँमा सुरु भएको प्रौढ कक्षामा भर्ना भएपछि वहाँलाई पढ्ने उत्साह जागेको हो । माझी १ वर्ष अधि गाउँमै खुलेको इन्द्रावती प्राविमा भर्ना हुनु भएको हो । कक्षा १ पास गरेर कक्षा २ मा पुगेकी ज्यानकुमारी अहिले राम्ररी अक्षर चिन्न र पढ्न सक्ने भएको बताउँनु हुन्छ । आफु चिठी पत्र समेत सजिलै पढ्न सक्ने बताउँने ज्यानकुमारीको उमेरले नाती नातिना खेलाउने बेला छ तर वहाँ तिनै नाती नातिनासँग विद्यालय जानु हुन्छ । विद्यालयमा अरु विषयको तुलनामा आफुलाई गणित विषय अप्ठ्यारो लागेको बताउँने ज्यानकुमारी फुस्रदको बेला घरमा छोराछोरीसँग पनि सिक्ने बताउँनु हुन्छ । तामाकोसी किनारामा दैनिक माछा मारेर गुजारा गर्ने विपन्न समुदायकी वृद्धा ज्यानकुमारीको उत्साहलाई गाउँमै नमुनाको रुपमा हेरिएको छ । श्रीमानले घरको काममा सहयोग गर्ने गरेकाले आफु दिनभर विद्यालय जान सजिलो भएको ज्यानकुमारीको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !