बर्दिबासको मुख्य चोक दुर्घन्धित साथै राजमार्ग समेत जीर्ण

सुरेश बिडारी ,महोत्तरी, असोज २३ -

महोत्तरी बर्दिबासको मुख्य चोकमा रहेको धाराको पानीको राम्रो निकास नभएका कारण चोक दुर्घन्धित हुनुका साथै राजमार्ग समेत जीर्ण बनेको छ । बर्दिबासको मूख्य चोक स्वर्णिम पार्क नजिकै रहेको सो धाराको पानीको राम्रो निकास नहुँदा पूर्वपश्चिम राजमार्ग जीर्ण बनेको हो । बर्दिबास सिन्धुली बनेपा हुँदै राजधानी जोडिने विपी राजमार्ग र पूर्व पश्चिम राजमार्गको संगम स्थलको रुपमा रहेको सो क्षेत्रमा संबन्धित निकाय मौन बसेका कारण दुर्घटना हुने संभावना बढ्दै गएको छ । बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समिति र नगर विकास आयोजना आयोजनाले ३ वर्ष अगाडी निर्माण गरेको ढलको उचित मर्मत संभार र सरसफाई नभएका कारण चोक दुर्घन्धित बनेको हो । आवत जावत गर्न पनि कठिन भैसक्दा पनि सरोकारवाला निकाय मौन बसेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । देखाउनलाई राजमार्गको खाल्डो पुर्नका लागि केहि समय अघि गीट्टी खन्याएको भएपनि त्यसको उचित व्यवस्थापन नभएका कारण झन समस्या उत्पन्न भएको छ । पटक पटक समस्याका बारेमा संबन्धित निकायलाई जानकारी गराउँदा पनि वेवास्ता गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । यता स्वर्णिम पार्कको पनि सरसफाई नभएका कारण व्यापारीहरुलाई व्यापारको प्रचार गर्ने संघसस्थाका व्यानरहरु टाङने विभिन्न संगठनहरुको पम्पलेट टास्ने स्थानको रुपमा परिणत भएको छ । 


Related

स्थानिय 4213400722445385030

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item