जलवायु परिवर्तनको असर सिन्धुलीमा पनि ६ महिना अघि नै रुख कटहर फल्न थाल्यो

 मिरा कार्कि मंसिर २३

जलवायु परिवर्तनले विश्व भरि नै असर पारिरहेको समयमा सिन्धुलीका पनि यसको असर देखा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्रमा असर देखिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५ ढकालगाउँमा वर्षातको समयमा फल्ने रुख कटहर आज भोलि फल्न थालेको छ । यस वर्ष कटहर सधै फल्ने मौसम भन्दा छ महिना अगाडी फलेकेामा कृष्ण प्रसाद ढकाल दङ्ग हुनुहुन्छ  । यसपाली कटहर किन अगाडी फल्यो मलाई थाहा छैन उहाँले भन्नु भयो । सधै जेठमा तरकारीको लागी कटहर वेच्दै आउनु भएको थियो  । यस वर्ष भने चाँडै वेच्न पाइने  भएकोले खुसि लागेकोले खुसि छु ढकाल भन्नुहुन्छ ।
photo : min kumar dahal
कटहर समयसिमा भन्दा अघाडी फल्नुमा कटहरको जातिय गुण र मौसम परिवर्तनको कारण फलफुलहरु अगाडी फल्न थालेको जिल्ला कूषि विकास कार्यालय सिन्धुलीका वालिसंरक्षण अधिकूत देवराज अधिकारी वताउनु हुन्छ । कटहर फल्ने समय वर्षाद अगाडी मात्र  हो । खटहर फल्ने सिजन भन्दा छ महिना अगाडी किन कटहर फल्न थाल्यो अध्ययन गर्न फलफुल विकास निर्देशनालय किर्तिपुरमा नमुना पठाइने वालीसंरक्षण अधिकूत अधिकारीले बताउनु भयो  वेमौसममा फलेको फल नपाक्ने भएकोले कूषकले काँचैमा कटहर वेच्नु पर्ने योजना अधिकूत अधिकारीले कृषक कृष्ण प्रसाद ढकाललाई सुझाव समेत दिनुभएको छ ।

Related

स्थानिय 149376024314710812

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item