पैसा असुली गरेको आरोपमा एक युवक पक्राउ

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5426.html
लोकहरि आचार्य मंसिर २३
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनबाट अवैध रुपमा पैसा असुली गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
सिन्धुलीका विभिन्न स्थानहरुबाट सवारी साधनमा ३ दिन सम्म अवैधरुपमा पैसा उठाएको आरोपमा सिन्धुली भद्रकाली २ चियावारीका प्रकाश थापालाई पक्राउ गरिएको हो ।
थापाले सवारी साधनहरुबाट २ हजार पैसा असुल गरेका थिए । जिल्ला प्रशासन कार्यलय सिन्धुलीले वुधवार संचारकर्मी सामू थापालाई सार्वजनिक गर्दै सार्वजनिक अपराध अन्र्तगत कारबाही चलाइने प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।
थापा सँगै सवारी साधन बाट रकम असुल्ने अन्य दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !