गाउँमा विजुली बत्ती बलेपछि रातभरि नाचगान

    लोकहरि आचार्य, मसिर २६ -

सिन्धुलीको भद्रकालीमा लघु जलविद्युत परियोजनाबाट विजुली बत्ती बले पछि गाउँलेहरुले रातभरि जाग्राम बसि नाचगान गरेर खुशीयाली मनाएका छन् । देशले नै चर्को लोडसेडिङको मार खेपिरहेको बेला सिन्धुलीको भद्रकाली वडा नं ६ का पाँच गाउँका स्थानीयवासीहरुले विजुली बत्ती बलेको उपलक्ष्यमा नाचगान गरेर खुशीयाली मनाएका हुन् ।

भद्रकाली गाविसमा संचालित बाधवखोला लघु जलविद्युत परियोजना संचालनमा आए पछि वडा नं ६ को पान्टारखोला हैलाङदी बुक्तीडाँडा खोल्माडाँडा र निवुवाटारवेशीका बासिन्दाहरुको घरमा झिलीमिली बत्ती बलेको हो ।  नेपाल सरकारको वैकल्पिक उर्जा प्रवद्र्धन हिमचुली मल्टी प्रपोप प्रालि काभ्रेको २ लाख ९५ हजार ५ सय त्यस्तै जिल्ला विकास समिति सिन्धुलीको १ लाख ५० हजार, भद्रकाली गाविसको २ लाख  र स्थानीय उपभोक्ता समितिबाट ३ लाख गरि ९ लाख ४५ हजार ५ सय रुपैयाँको लागतमा परियोजना निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समिति सदस्य प्रेम बोम्जनले जानकारी दिनु भयो ।

Related

स्थानिय 2963867744685899955

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item