काम गरेकॊ एकवर्ष पूरा भइसक्दा पनि कामदारले ज्याला पाउन सकेनन्

शेरबहादुर भुजेल, दोलखा, मसिर २७ -
दोलखाको डाँडाखर्क गाविसमा डिभिजन खानेपानी तथा सरसफाई कार्यालय दोलखाले २०६१ सालदेखि साचालन गरेको खानेपानी योजनामा काम गरेकॊ एकवर्ष पूरा भइसक्दा पनि कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । क्रमागत योजना अन्र्तगत साचालन भइरहेको योजनाको तोकिएको काम सम्पन्न गरेपछि पुरै ज्याला भुक्तानि दिने शर्तमा निर्माण कमिटिले काम सम्पन्न गरेको एक वर्ष बित्नै लागेको छ । पटक पटक उपभोक्ता समिति डिभिजन खानेपानी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्दा पनि सुनुवाइ नभएपछि पीडितहरुले न्यायका लागि सहयोग गरिदिन गुहार्दै सदरमुकाम चरिकोट आइपुगेका छन् ।
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय दोलखाले डाँडाखर्क गाविसका सबै वडामा खानेपानीको पुर् याउने उद्देश्यका साथ २ करोड ८० लाख रुपैयाँ लगानि गर्ने भयो भन्ने सुनेपछि स्थानियबासीले नत अहिले भनेको ठाउँमा धारो भेटाउँछन्  नत आयोजनामा खटेर काम गरेको ज्याला नै । आयोजना साचालनका लागि स्थानिय कुसुम लामाको अध्यक्षतामा डाँडाखर्क खानेपानी आयोजना साचालन समिति गठन भएको थियो । आफूले काम गरेको ज्याला पाउनका लागि एकवर्षदेखि विभिन्न निकाय धाउँदै गरेका खानेपानी निर्माण समिति डाँडाखर्क ७ का अध्यक्ष यमबहादुर घिमिरे आफ्नो गुनासो कतैबाट पनि सुनुवाई नभएको पीडा सुनाउनु हुन्छ ।

Related

स्थानिय 1881960323200339883

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item