महिला र पुरुषले हातेमालो गर्दै अगाडी नबढेसम्म महिला िहंसाको अन्त्य हुँदैन

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5510.html
सुरेश विडारि, चित्लाङ्ग मकवानपुर, हाल महोत्तरि, मसिर २७ -
----लेख-----
िहंसा शब्द नै आफैमा एउटा अपराधिक शब्द हो । यस्ता अपराधबाट समाजमा महिला पुरुष बालबालिका वृद्ध पशु जनावार कोही पनि अछुतो छैनन् । एकले अर्कालाई प्रताडित गर्ने गालि गलौज गर्नेबोली बचन कुटपिटबाट शारीरिक या मानसिक तनाव दिने काम नै िहंसा हो । जसका कारण कलह झैझगड समेत उत्पन्न भई रहेको हुन्छ । नेपालको सन्दर्भ महिला िहंसा विरुद्धको अभियानै साचालन भएकालॆ महिला िहंसाका कुराहरुले प्राथमिकता पाएका छन् । अझ भनौ महिलाहरु बढी िहंसामा परेका कारण चर्चा बढी हुन्छ । महिला िहंसा विरुद्धको १६ दिने अभियानमा देशैभरी मात्र नभएर अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भए । कार्यक्रमहरु महिलाहरु माथि महिला भएकै कारणले हुने शारीरिक तथा मानसिक िहंसा न्युनिकरण अथवा अन्त्यका लागि ति कार्यक्रमहरु भएका थिए । म पनि पेशाले साचारकर्मी भएकोले केहि कार्यक्रममा संयोगबस महोत्तरीका एक दुइवटा कार्यक्रमहरुमा पुग्ने अवसर प्राप्त गरे । यी कार्यक्रमहरुमा जाँदा म आफूलाई कता कता खल्लो अनुभूति हुन्थ्यो कतै केहि नमिलेको हो की जस्तो लाग्दथ्यो ।
भन्छन नी नुन बिनाको तरकारी जस्तै भइरहेको थियो । कारण खास केहि थिएन । यस्ता कार्यक्रममा पुरुष सहभागिता एकदमै न्युन देखिन्थ्यो । अझैपनि धेरै महिला अधिकारवादीहरुले महिलािहंसाको प्रमुख कारक तत्व पुरुषवादी चिन्तन पितृसत्तात्मक सोच र बाहुनवादी संस्कृति भन्ने गरेको मैले पटक पटक सुनेको छु । मलाई लाग्दैन की पुरुषलाई गाली गर्ने पुरुषलाई परम शत्रु मानेर हिड्ने हो भने कहिल्यै महिला िहंसाको अन्त्य हुन्छ । २१ औं शताब्दीमा अहिले महिला र पुरुषको समानताको अधिकारको संरक्षण सम्बर्धन तथा कानूनी प्रत्याभूति गरिएता पनि व्यहवारमा भने महिलाहरु केवल महिला भएकै कारणले पुरुष सरह समानताको अधिकारको उपयोग गर्नबाट वाचीत रहँदै आएको सत्य हो । परम्परागत एंव रुढीग्रस्त सामााजिक मनोवृति पितृसतात्मक सोच भेदभाव अशिक्षा गरीवी अवसरहरुमा महिलाको पहुँचको कमिको कारण सामन्यतः महिलाहरु धेरै पछाडी परेका छन् र विभिन्न किसिमका िहंसाका शिकार भइरहेका छन् यो हाम्रो समाजको यथार्थता हो । वास्तवमा भगवानले सृष्टि गर्दा कुनै दोष दिएका छैनन् मानिसले नै यस्ता नियम विनियम बनाएका हुन् । यतिखेर हाम्रो संसदमा विश्वमै नमुना बन्ने गरी महिला सभासदहरुको प्रतिनीधित्व छ । हामीले आ-आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ ।
महिला िहंसा कुनै पुरुष वा महिलाले गरेको होइन । त्यो त उसको अबुझ मानसिकताले गर्दा भएको दुर्घटना हो । दुइचार कुरा बुझेकाहरुले नबुझ्नेलाई बुझाउनु पर्छ । महिला विरुद्ध िहंसा अर्को कारणमा पितृसत्तात्मक सोचलाई लिइन्छ । यो व्यवस्थामा महिलाको उत्पादकीय श्रम शक्ति प्रजनन अधिकार आर्थिक श्रोत यौन स्वतन्त्रतामा नियन्त्रण गर्ने कार्य हुन्छ । यो एउटा समाजिक दोष हो यसमा महिला स्वयंले पनि पुरुषलाई भगवान मानेर पुज्ने गर्दछन् । भन्ने बेलामा एकै रथका दुइ पाङग्रा भन्ने फेरी एउटाले अर्कोलाई पुज्ने किन धर्म अनुसार भन्ने हो भने भगवानहरुले पनि दुर्गा भवानीलाई नै पुज्ने गरेका छन् । भनिन्छ अन्याय गर्नु भन्दा अन्याय सहनु पाप हो । यो नियम िहंसामा पनि लागु हुन्छ िहंसा गर्नेले त गर् यो गर् यो रे हामी कीन सहने । समाजमा त्यही मान्छेको इज्जत राख्न जसले हामी माथी दुराचार गरिरहेको छ । मेरो छोरा मेरो नन्द मेरो श्रीमान मेरो सासु किन भन्ने जब उनीहरुले आफू छोरा सासु नन्द श्रीमान हुनुको कर्तव्य पालना गर्दैनन भने मलाई लाग्छ हाम्रो मुख्य कमजोरी यो पनि हो । हुन त केहि समय अघिसम्म महिलाहरुलाई घर भित्र रहनु पर्ने सम्पतिको अधिकारबाट विमुख भई शिक्षा स्वास्थ्य र स्रोत परिचालनमा उनिहरुको पहँुच्ा कम हुने गरेको थियो । वर्तमान अवश्थामा यसमा धेरै परिवर्तन आइसकेको छ ।
अहिले महिलाको नाममा जग्गा दर्ता गर्दा विशेष छुटको व्यवस्था गरेका कारण महिलाहरुको नाममा जग्गा दर्ता गर्नेहरुको संख्या पनि बढेको छ । त्यस्तै आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था पनि भैसकेको छ । र् याली भाषणहरु र कोठे बैठक भन्दा पनि अबको समयमा महिलाहरुलाई आफ्नो अधिकारका लागि सचेत बनाउनु पर्छ । शिक्षा दिलाउनु पर्छ । मैले धेरै देखेको छु की एउटी आमाले आफ्नो छोरालाई बोर्डिङमा र छोरीलाई सरकारी स्कुल पठाउन जोड गरेका छन् । सकिन्छ दुवैलाई बोर्डिङ सकिदैन त दुवैलाई सरकारी स्कुलमा नै पढाउनुपर्छ ।
समयअनुसार रितिस्थिति परम्परा पनि परिवर्तन हुँदै जान्छ र मानिसको चेतना स्तरमा वृद्धि भएपछि यस्ता किसिमका िहंसा आफै अन्त्य हुन्छ । राजनैतिक परिवर्तनसँगै महिलाहरुको मूल्य र मान्यतालाई समानतासँगै जोडने सरकारी नीती नियम त बने तर स्थानिय देखि लिएर उपल्लो तहसम्म समानुपातिक आधारमा महिलाहरुको प्रतिनिधित्व गराए पनि छलफल विचार विनिमय र निर्णयमा क्षमता र दक्षताको अभावले उल्लेखनिय प्रभाव पार्न सकेका छैनन । अर्थात केवल महिलाहरुको सहभागिता विद्यि पु-याउन झारा टार्न देखि किनारा साँक्षी सरह हुन गएको हो की भन्ने भान पर्न गएको छ । हाम्रो समाजमा महिलाहरुले कहिल्यै चरित्रहिन कहिल्यै बोक्सी कहिले बाँझोपन कहिले छोरो नजमाएको कहल्यै दाइजो नल्याएको अभियोगमा भने कहिले सबै थोक हुदा हुदै पनि महिला भएकै कारण कतिले जिवान्तर यातना पाइरहेका छन भने कतिले त ज्यान नै गुमाइरहेका छन् । विशेष गरी नेपालका तराई क्षेत्रका महिलाहरु दाइजो प्रथा लगायत यस्ता िहंसामा परेका छन् । सामुहिक वलत्कारका घटनाहरु भइरहेका छन् । घटेको घटनाकै कुरा गर्नुपर्दा धनुषकी ३५ बर्षिय कम्फुल देवि एउटा तजा उदाहरण हुन् । जसलाई पानी लिन गएको समयमा सामुहिक बलत्कार गरेर निर्मम हत्या गरिएको थियो ।
यस्ता कामहरु अपराधिक समूहहरुले मात्र होइन सुरक्षा निकायबाटै पनि भएका छन् । यस्ता घटनामा चुप लागेर बस्नु पनि हाम्रो कमजोरी हो । एउटा राजनितिक दलका कार्यकर्ताको हत्या हुँदा हामी जति आन्दिोलित बन्छौ एउटा सर्वसाधरणको त्यो भन्दा पासविक तवरले हत्या भएपनि हामी वास्ता गर्दैनौ । यस्ता अपराधिक कृयाकलापलाई राजनीतिक सर्मथन प्राप्त भएको पनि हामीले सुन्ने गरेका छौ । यसो हुन हामीले दिनु हुन्न जसले महिला िहंसाको अन्य भएको हेर्न चाहान्छ । अझ म त भन्छु महिला िहंसाका घटना गाँउमा घटेको खण्डमा गाँउमै मिलाउने होइन माफी मगाएर छाडिदिने होइन उसलाई कानुन बमोजिमको कारबाही गर्नुपर्छ ।
भिन्न भ्ािन्न गाउँ बस्तीमा घटने र परम्परागत रुपमा चलनको रुपमा विधमान रहदै आएको महिला सम्बन्धि कुरीती कुप्रथा बोक्सी दाइजॊ छुवाछुत तथा भेदभावलाई कसरी न्यूनिकरण तथा अन्त्य गर्ने बारे व्यापक छलफल संचालन गर्नुपर्छ । छलफलबाट निष्केका निष्कर्ष कागजमा नै सिमित गराउने होइ मी व्यबहारमा पनि उतार्नु पर्छ । व्यवहारमा उतार्न नखोज्नेलाई सजाय को पनि व्यवस्था गर्नुपर्छ । गाउँ घरको सम्ास्यालाई स्थानीय स्तरमै मिलाउने काम महिलालाई भन्दा महिला िहंसा गर्नेलाई फाइदाजनक हुन पुग्ने सम्भावना धेरै छ तर फैसला गर्दा कानुनको आधारमा गरिन्छ भने यो कदम एकदमै राम्रो हुन्छ । महिलाको सम्ास्या केवल महिलाको एकल पहलमा समाधान गर्न सकिन्न । नभई पुरुष महिला दुवैको संयुक्त प्रयासमा समाधन गर्ने परिपाटी बसाल्नु पर्दछ । साथै पिडित महिलाको निम्ति सरोकारवाला निकायको समेत जिम्मेवारी बोध गराउने र निकायमा जानु पर्ने अधिकार र कर्तव्य बारे सचेतनाको विकास गराउने काम प्रभावकारी किसिमले साचालन गर्न सक्नुपर्छ ।
महिलाहरुका लागि स्वामित्वको अधिकारशिक्षाको अधिकार स्वास्थ्यको अधिकार सम्पतिको अधिकारव्यक्तिगत स्वतन्त्रता र सुरक्षाको अधिकारचेलिबेटी बेचबिखन विरुद्धको अधिकारसभागोष्ठी-याली तथा राजनैतिक कार्यक्रममा भाग लिन पाउने अधिकारविकास गतिविधि तथा नीति निर्माण र प्रकि्रयामा सहभागिता र विकासको प्रतिफल स्रोत तथा सेवामा पहुँचको अधिकारआर्थिक समाजिक र राजनैतिक क्षेत्रमा समानता र सबै किसिमको कुरीतिहरुबाट मुक्त हुन पाउने अधिकार तथा छुवाछुत जस्ता परम्परागत प्रथाबाट मुक्त हुने अधिकार सुनिश्चित गरिएको छ । यी अधिकारका बारेमा सबैलाई जानकारी दिनुका साथै अधिकारसँगै पालना गर्नुपर्ने कर्तव्यका बारेमा सबैलाई बुझाइ दिन सके महिला िहंसाका घटनामा छिटो कमी आउने निश्चित छ । आरक्षण र कोटा प्रथाले महिलालाई सक्षम नबनाएर कमजोर बनाउछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !