सिन्धुली रामेछाप हुदै पाल्पामा पनि जुनार खेति फस्टायो

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_6583.html
सिन्धुली दपर्ण, पुस १
जुनारको लागी नेपालकै पख्यात ठाउँ सिन्धुलीमा मात्र जुनार खेती नभएर अव विस्तारै अन्य जिल्लाहरुमा पनि जुनार खेति हुन थालेको छ । सिन्धुली र जुनार पर्यायवाची वनिरहेको अवस्थामा छिमेकि जिल्ला रामेछापमा जुनारको लागी सुहाउदो हावापानि भएको हुदा व्यवसायिक रुपमा जुनार खेती हुदै आईरहेको छ । तर सिन्धुली रामेछापमा मात्र नभएर पाल्पामा पनि जुनार खेती यतिबेला फस्टाएको छ ।
जिल्लाका करिब १ दर्जन गाउँ बिकास समिति भन्दा बडी गाउँ बिकास समितिमा जुनार खेती गरिदै आएकेा छ । जिल्लाका बतासे मुजुङ्ग पालङ्गमैनादी लगायतका गाउँ बिकास समितिका किसानले बिगत केही बर्ष यता जुनार खेती लगाउदै आएपनि अहिले जुनारले राम्रो फल दिएको हो । सुन्तलाको तुलनामा जुनारको खेती गर्न सजिलो फल बढी दिने भएकाले किसानहरुको यो खेतीमा आर्कषण बढेको पशु तथा फलफुल केन्द्र पाल्पाका प्रमुख गणपति पाण्डेले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !