अमेरिकामा नेपाली भाषी भुटनिजले मनाए भुटानी राष्ट्रिय दिवस

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_6898.html
नरेश गौतम, हाउस्टन टेक्सस, अमेरिका,
पुस ४ -
अमेरिकाको हाउस्टन शहरमा नेपाली भाषी भुटनिज अमेरिकनहरुले भुटानी स्वतन्त्रता दिवस मनाएका छन् । पुस ३ र ४ गते भुटनिज कम्यिुनिटी अफ हाउस्टन र क्यानन् भुटनिज चर्चको सयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भुटानको राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय भाषा र पोसाकवाट भुटानको राष्ट्रियता प्रस्तुत गरेका थिए । कार्यक्रममा नित्य गायन चित्रकला पनि प्रस्तुत भएको र उत्कृठलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममै नेपलिज असोसिएसन अफ हाउस्टनका डा। राजेन्द्र श्रेष्ठले नेपाली भाषी अमेरिकन भुटनिजलाई हरतरहको सहयोग गर्न आफु र नेपाली तयार रहेको पनि प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममै गएको मसिर २९ गते खोटाङको लामीडाँडाबाट काठमाडौंका लागि उडेको तारा एअर लाइन्सको विमान दुर्घनाग्रस्त हुँदा विमानमा मुख्य चालकको रुपमा अनुप शाक्य र सहचालक सचिन्द्रसहित चालक दलका तीन सदस्य रहेका छन् । त्यस्तै यात्रुहरु यात्रुमा टिआर तामाङ, जी शेर्पा, के शेर्पा, एस तामाङ, एस तामाङ ,आरटी तामाङ, टीजी लामा, के डव्लु लामा, पी तामाङ, केएन लामा, जेडडी सेर्पा, एल डव्लु सेर्पा, एसवी लामा ,टी सेर्पा, मिस टी वाई शेर्पा, पी डव्लु तामाङ, टीवी तामाङ, टी डव्लु सेर्पा र राष्ट्रियता नखुलेका छोडेक केल्साङ्गको आत्मको शान्तिको कामना गदै शोक सभा पनि सम्पन्न गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !