नेपाली आकासमा उल्का वर्षा हेर्न सकिने

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_8476.html
सिन्धुली दपर्ण ,मसिर २८ -
मङ्गलवार नेपाली आकासमा उल्का वर्षा देखिने भएको छ । सामन्यतया महिनामा एकपटक मात्र उल्का वर्षा हुने गरेको विज्ञहरुले बताएका छन् । आज नेपाली आकासमा हुने उल्का वर्षा प्रष्ट रुपमा देख्न सकिने छ । बेलुका ५ बजेबाट सुरु हुने वर्षा सूर्यको उज्यालो बाँकी रहने कारणले सूर्यास्तपछि मात्र प्रष्ट देखिने भएको हो । नेपाल खगोलिय समाजका संस्थापक सचिव सुरेश भट्टराईले उल्का वर्षा अवलोकनका लागि बेलुकी ८ बजेको समय उत्तम रहेकेा बताउनुभयो ।
उहाँका अनुसार प्रकाश प्रदूषणका कारण काठमाडौं उपत्यका र अन्य सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रबाट अझ प्रष्ट रुपमा उल्कावर्षा हेर्न सकिने छ । विज्ञहरुका अनुसार भौगोलिक विविधताका कारण नेपालको पूर्वी क्षेत्रमा बेलुका ८ बजे राम्रोसँग देख्न सकिने उल्कावर्षा सुदुरपश्चिम क्षेत्रमा भने साढे ८ मा मात्र प्रष्ट हेर्न सकिने छ । आजदेखि सुरु हुने उल्कावर्षा पुस २ गतेसम्ममा हेर्न सकिने विज्ञहरुको भनाइ छ । उल्कावर्षा भएका बेला कुनै कुरा माग गरेमा त्यो पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !