सशस्त्र समूहका एक कार्यकर्ता पक्राउ

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5155.html
सुरेश बिडारी, महोत्तरी, मसिर २८ -
महोत्तरीको भिठ्ठामोड नाकाबाट सशस्त्र प्रहरीले चेकजाँचका क्रममा सशस्त्र समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा प्रहरीले थ्री नट थ्रीमा लाग्ने दुईवटा गोली चन्दा रसिद र लेटरप्याड सहित तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका कार्यत्रर्तालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा धनुषा कनकपट्टि घर भएका टुनटुन भनिने राकेश यादव रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि यादवलाई जिल्ला प्रहरी कार्यलयको जिम्मा लगाइसेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !