९ लाख ३८ हजार लागतमा मावि चिसापानिमा भवन निमार्ण

प्रमिला वुढाथोकी , मंसिर २७ -
सिन्धुलीको हरिहरपुर गाविसको वडा नं ८ मा रहेको मावि चिसापानीको दुइ कोठे पक्कि भवनको निर्माण कार्य सम्पन्न भएको छ । 
आदिवासी जनजाती जिल्ला समन्वय समिति सिन्धुलीका उपाध्यक्ष विवस कुमार वाइवाले सोमवार एक कार्यक्रमका विच उक्त भवनको उद्घाटन गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर बहादुर ध्लानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार संघ अनिज सिन्धुलीका अध्यक्ष काजीमान थिङमाओवादीका काजीमान व्लोननेपाली कांग्रेसका उत्तर ध्वज घलान जनजाती महासंघ हरिहरपुर गढीका अध्यक्ष अनमोल थिङ लगाएतले मन्तव्य राख्नुभएको थियो ।
जिल्ला विकास समिति सिन्धुली अन्तर्गतको आदिवासी जनजाती जिल्ला समन्वय समितिकॊ ३ लाख ८८ हजार र जिल्ला शिक्षा कार्यालयको ५ लाख ५० हजार गरि जम्म ९ लाख ३८ हजारको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Related

स्थानिय 5152008152223765232

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item