चेतनास्तरमा वृद्धि हुदा दलितसमुदाय सरसफाईमा सकि्य

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_2357.html
सुरेश विडारि ,महोत्तरि ,मसिर २७ -
महोत्तरीको विभिन्न गाविसका गरिब दलित बस्तीका दलितहरुको चेतना स्तरमा वृद्धि भएपछि सरसफाइमा ध्यान दिन थालेका छन् । पहिले सरसफाइमा खासै ध्यान नदिने महोत्तरी फुलहट्टा परिकौली नैन्ही र भ्रमरपुराका स्थानीय दलित बस्तीका दलितहरुको चेतना स्तरमा परिवर्तन भएपछि सरसफाइमा ध्यान दिन थालेका हुन् ।
एक गैरसरकारी संस्थाले आफ्नो कार्यक्रम साचालनका क्रममा दलित बस्तीमा सौचलय निर्माणको अभियानको थालनी गरेपछि उनीहरुमा चेतना आएको हो ।
फुलहट्टा परिकौली-६ को चमार जातिको बसोबास रहेको बस्तीमा २९ घर भ्रमरपुर ४ को चमार र मुसहर जातिको बसोबास रहेको बस्तीका २३ घर र नैन्ही १ खत्वे बस्तीका ३० घरमा संस्थाको सहयोगमा पक्की सौचालय पनि निर्माण गरिएको छ । बस्तीमा पक्की सौचालय निर्माण भएपछि बस्तीका सडक किनार फोहोर रहित भएका छन् । बस्तीमा सौचालय निर्माणसंगै नौ वटा चापाकल समेत संस्थाले निर्माण गरिदिएको स्थानीय बासिन्दाहरु बताउछन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !