सिन्धुलीमा पार्क वन्यो हर्ष न विष्मत

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_1063.html
सिन्धुली दर्पण/माघ ७ -
नगर विकास कोषले भुक्तानी नदिएकाले सिन्धुली सदरमुकाम निर्माण कार्य सम्पन्न भइसकेको पव्लिक पार्क संचालनमा आउन सकेको छैन । कमलामाई नगरपालिका शहरी तथा वातावरण सुधार आयोजनाले निर्माण गरेको उक्त पार्कको भुक्तानी नगर विकास कोषले दिने सहमति भएको थियो । वालवालिकाको मनोराजनको लागि बनाइएको उक्त पार्कमा बालवालिकालाई खेल्नको लागि पिङ लगाएतका खेल्ने साधनहरुको निर्माण गरिएको छ ।
देशकै नमुनापार्क वनाउने उद्देश्य लिएर निमार्ण गरिएको उक्त पार्क संचालनमा नआउदा सिन्धुलीवासीलाई भने कागलाई वेलपाक्यो हर्षन विष्मत भएको छ । करिब ३३ लाख ६ हजार बराबरको लागतमा निर्माण गरिएको पार्कको कुल क्षेत्रफल २९ सय फिट रहेकॊ छ । यो पार्क विशेष गरि पारिवारिक बातावरणमा आफ्ना वालवालिकालाई रमाइलो गरि बस्ने खालको बगैंचा पानी खेलौना लगाएत सबैको व्यवस्था हुने भएकाले आरम तथा पिकनिकका लागि पनि महत्वपूर्ण रहनॆ आयोजनकले बताएको छ ।
पार्क संचालनको जिम्मा लिएको सिन्धुली उद्योगवाणिज्य संघ सिन्धुलीले जिल्लाको नमुना विकास वनेको सिन्धुली उद्योगवाणिज्य संघ सिन्धुलीका अध्यक्ष मिन बहादुर श्रेष्ठको दावि रहेको छ । जिल्लावासीको आशालाई चाडै पुरा गराउनको लागि आफुले पहलगरी रहेको भएपनि नगरपालिकाको धेरै लगानी यसका भएकोले नगरविकास कोषले भुक्तानि नदिउनजेल ठेकेदारलाई पूर्ण भुक्तानि दिन नसकेकोले ठेकदारले अहिले सम्म जिम्मा नलगाएको र पार्कमा रोपिएका विरुवा ठुला नहुन्जेल पार्क संचालनमा ल्याउन नसकिने त्यसमा पनि पार्क भन्नासाथ नगरको शोभा वढाउने भनेरै पार्क वनाएको नकि यो मेसिनरी चिज होईन आजनै भोलीनै नाफा भईहाल्ने कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत भुपाल वराल वताउनुहुन्छ ।
यसैगरि सिन्धुली उद्योग बाणिज्य संघको पहलमा सोहि खुलामाचको परिसरमा असोकका एकसयभन्दा वढी विरुवाहरु रोपिएको र पार्कको एकछेउँमा खेलकुद माचको समेत विकास गरिने भएकाले पनि यस पार्कको विशेष महत्व बढ्ने देखिएको छ । पार्कको छेउँमा भएको खेल मैदानमा भलिबल फुटबल कि्रकेट र व्याडमिण्टन लगाएतका खेलहरु समेत खेलिदै आएको छ । जसलाई व्यवस्थित गर्न भने कुनैपनि निकाएले चासो देखाएको छैन । आउदो मध्यामााचल क्षेत्रिय महोत्सवमा झन यो पार्क खोल्न नहुने पार्क खोल्योभने अलिअलि भएका वोटविरुवा पनि मासिने सिन्धुली उधोग वाणिज्य सघंका अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !