देवता भेटेपछि दङ्ग

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_1971.html
सिन्धुली दर्पण/माघ ३ -
सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ८ थाक्ले फेदीमा देवताको ढुङ्गेमुर्तिहरु भेटेपछी गाउँलेहरु दङ्ग परेका छन् । स्थानिय तुलसी श्रेष्ठ हिजो वन छेउको वारिमा घासँ काट्दै जादा विभिन्न देवताको मुर्तिहरु देखेपछि अचम्ममा पर्नु भएको हो ।
ढुङगाको सिढीहुदै भित्र ओढारमा पस्दा महादेव,हात्तिको सुड,नाग सर्प,वाघ,चरा गाईको थुनरहेको र गाईको थुनवाट सेतो पानी झरिरहेको देखेपछि देवता नै हुन् भन्ने आफुलाई विश्वास लागेको श्रेष्ठले भन्नुभयो । मलाई साच्चै देवता होकि होईन भन्ने दुविधा भयो र मैले तिमी देवतानै हौ भने ल आज पानि पारिदेउ भनेको राति धुमधामको साथ पानि परेको तुलसी श्रेष्ठको भनाई रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !