सिन्धुलीमा स्थाई सशस्त्र वल क्याम्प राख्नुपर्नेमा सर्वसाधारणको माग

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_2671.html
मिरा कार्की , पुस २० -
मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक ऋषमदेव भटराईसंग सिन्धुलीका राजनितिक दलउद्योगी व्यापारी तथा नागरिक समाजका प्रतिनिधिहरुले सिन्धुलीमा सशस्त्र प्रहरीबलको कार्यालय स्थायी गरिदिन माग गरेका छन् । करिब दुई महिनादेखी सशस्त्र प्रहरीबलको अस्थायी बेश क्याम्प सिन्धुलीमा बस्दै आएको छ ।
सशस्त्र बलको वेश क्याम्प स्थापना गरेपछि सिन्धुलीमा अपराधिक गतिविधि नियन्त्रणमा कमि आएकोले कार्यालय स्थायी गर्न र सशस्त्र प्रहरी बलको संख्या थप गर्न राजनितिक दल उद्योगी व्यापारी तथा नागरिक समाजले माग गरेका हुन । मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्र बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्ष ऋषमदेव भटराईले सर्वदलीय बैठकको निर्णय अनुसार सरकारले काम गर्ने भएकाले जिल्लाको निर्णय अनुसार गृह मन्त्रालयले निर्णय लिने प्रतिकि्रया दिनुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !