
http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_3374.html
सिन्धुली दर्पण पुस २४
सामुदायिक रेडियो सिन्धुलीगढीले आफ्नो तेस्रो वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ ।
सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष फुलमान वलले सिन्धुलीकै गायक तथा सिगंतकार लेखराज गुरुङले तयार पार्नु भएको रेडियोको नयाँ स्टेशन आइडी बजाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । केहि समय अघि मात्र सय वाट बाट पाच सय वाटमा क्षमता विस्तारका साथ प्रसारण हुदै आईरहेको रेडियो सिन्धुलीगढीले छिमेकी १५ जिल्लामा सुन्न सकिने स्टेसन म्यानेजर द्धारिका काफ्लेले जानकारि दिनुभएको छ । अकोरावका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी फुलमान वलले नेपालमा रेडियोको वताउदै जनआन्दोलन २०६२;२०६३ पछि सामुदायीक रेडियोहरु छोटो समयमै जनताको मन जित्न सफल भएको र जनताको हरेक कामको सहकर्मि वनेको कारण सामुदायिक रेडियोहरुलाई पनि सवैले सहयोग गरेको र गर्न आवश्यक रहेको र रेडियो सिन्धुलीगढीलाई पनि अकोरावले सदैव सहयोग गर्ने वताउदै शुभकामना मन्तव्य राख्नुभएको छ ।
त्यस्तै अकोरावका कोषाध्यक्ष सुवास खतिवडाले जिल्लाको पहिलो रेडियोले कार्यक्रम तथा समाचारको क्षेत्रमा सदैव पहिलो रहनेछ भन्दै शुभकामना दिनुभएको छ ।
जिल्लामा कार्यरत राजनैतिक दल सघंसस्थाहरुले समेत आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने र रेडियोले पनि आवाज विहिनहरुको आवाज वन्न सकेको रअवका दिनमा अझ प्रभावकारि हुने भन्दै शुभकामना दिएका छन् । रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरेको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा स्टेशन म्यानेजर काफ्लेले २९ लाखको आयव्यय बिबरण प्रस्तुत गर्नुभएको थियो । चौथौ वर्षमा प्रवेश गरेको अवसरमा सुर्योदय ईङलीस वोडिङ स्कुलको प्राङ्गडमा सम्पन्न कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रम समेत सम्पन्न भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !