सर्लाहीमा कर्फ्यू घोषणा

सिन्धुली दपर्ण, पुस १९ -

स्थानीय प्रशासनले आज सर्लाहीको पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पश्चिम वागमतीपुल देखि पूर्व लखन्देही पूलसम्म  कर्फ्यू   घोषणा गरेको छ । उखु किसानको आन्दोलनलाई मध्य नजर गर्दै अहिले बिहान आठ बजेदेखि अपरान्ह पाँच बजेसम्म कर्फ्यू लगाइएको प्रहरी उपरिक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । कर्फ्यूको क्रममा यातायात मानिसको आवत जावत बजार लगायत सम्पूर्ण कि्रयाकलाप नगर्न प्रहरीले नागरिकलाई सचेत गराएको छ । उखु किसान संयुक्त संघर्ष समितिले आज विहान ९ बजेदेखि अपरान्ह पाँच सम्मका लागि पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गर्ने घोषणा गरेको थियो ।

हिजो सर्लाहीको हरिवनमा आन्दोलित उखु किसान र प्रहरीबीच झडप भएको थियो । झडपमा परी  धेरै संख्यामा किसान घाईते भएका थिए भने केही प्रहरी समेत घाईते भएका थिए । उखु किसानले हरिवन चोकस्थित पूर्व पश्चिम लोकमार्गमा बिहान ११ बजेदेखि उखु लोड सहितको टायर र ट्रयाक्टर राखेर यातायात अवरुद्ध पार्ने क्रममा प्रहरीले बल प्रयोग गरी यातायात खुलाउने प्रयास गर्दा झडप भएको थियो ।  भीडलाई तितरवितर पार्न प्रहरीले लाठी चार्जका साथै केही राउण्ड हवाई फायर एवं अश्रुग्याँस प्रहार गरेका थिए । दिउँसो 
३ बजेबाट मात्र किसानहरुले अवरुद्ध यातायातलाई संचालनमा आउन दिएका थिए । 

यसैबीच आन्दोलनको खबर संकलन गर्न जानु भएका पत्रकार महासंघ सर्लाहीका सभापति कृष्णकुमार एस्माली र सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेलाई एक उत्तेजित समूहले हिजो आन्दोलनको मौका छोपी दुव्र्यवहार गरेका छन्  । उखुको मूल्य ४२१ रुपैयाँ कायम हुनुपर्ने माग राखेर पुस १ गतेदेखि उखु किसानले आन्दोलन गर्दै आएका छन् । 

Related

स्थानिय 8283978944726693990

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item