उखु किसान र प्रहरी बीच झडप सर्लाहीको हरिवन तनावग्रस्त

सिन्धुली दपर्ण पुस १८
उखुको मूल्य गतवर्षकै कायम हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका किसान र प्रहरीबीच झडपका कारण सर्लाहीको हरिवन तनावग्रस्त बनेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार आईतवार पूर्व पशिचम लोकमार्गमा चक्काजाम गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरे पछि झडप भएको हो ।  प्रहरीले बल प्रयोग गरी यातायात खुलाउने प्रयास गर्दा झडप भएको हो ।
 त्यस क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शकारी किसानहरुले प्रहरीमाथि ढंुगामुढा गरेका थिए । त्यस क्रममा केही किसान र प्रहरीहरु गम्भिर घाइते भएका छन् । गम्भिर घाइते किसानहरुमा हरिवन ९ का दुर्गा वहादुर चौहान घुर्कोली ८ का होम वहादुर मैनाली घुर्कोली ४ का गोकर्ण वर्तौला र सासापुर ९  समिर घिमिरे रहनु भएको छ । किसानका ढंुगा प्रहारका कारण आधा दर्जन जति सवारी साधन पनि तोडफोड भएका छन् । हरिवनको नमुना अस्पतालमा प्रारम्भिक उपचार पछि गम्भिर घाइतेलाई थप उपचारको लागि बाहिर पठाइएको छ । प्रहरी तर्फ पनि केहीलाइ चोट पटक लागेको वताइएको छ । अहिले उखु किसान संयुक्त संघर्ष समितिको बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम तय भएपनि झडपका कारण यातायात अझै संचालन हुन सकेको छैन । समितिको बैठकले बन्द यातायात खुलाउने नखुलाउने बारेमा निर्णय गर्ने बताईएको छ ।

Related

विचाररसाहित्य 6114888781706880552

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item