लोडसेडिङ बढ्यो, दैनिक १२ घण्टा विद्युत नआउने

सिन्धुली दर्पण/पुस ३० -

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणले यहि आउदो आईतवार देखि कार्यान्वयन हुने गरी सातामा ८४ घण्टा विद्युत कटौती गर्ने भएको छ । यसअघि सातामा ७४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । 

जलासयमा पानीको मात्रा घटेको र जाडोयाममा विद्युतको मागसमेत बढेको कारण देखाउँदै प्राधिकरणले दैनिक १२ घण्टाको दरले लोडसेडिङको अवधि बढाएको हो । सुख्खायाम सुरु हुन अझै दुई महिना बाँकी छँदै दैनिक १२ घण्टाको दरले विद्युत कटौती हुनुले लोडसेडिङको अवधि अझै बढ्न सक्ने संकेत गरेको छ ।

Related

स्थानिय 4627461369331685814

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item