घाइतेको उपचार नभए गम्भिर परिणाम भोग्नुपर्ने माआवादी जिल्ला ईन्चार्जः माझी

सिन्धुली दर्पण/पुस २९ -

सिन्धुलीको झागाझोली गाविसमा आज दुइ पार्टीका कार्यकर्ताविच झडप भएको छ । सडक निमार्णको विषयलाई लिएर सिन्धुलीको पुरानो झागाझोलीको मुलकोटमा एमाले र एकिकृत माओवादीविच आज झडप भएको हो । झडपमा परि माओवादि कार्यकता प्रदीप भनिने डुन्डीराज  वर्देवा र एमालेका मिन श्रेष्ठ सख्त घाईते भएका छन् ।माओवादी कार्यकर्ता बर्देवाको टाउँकोमा गम्भिर चोट लागेकाले उपचारार्थ धुलिखेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार बीपी राजमार्गको मुलकोटमा सडक निर्माणको विषयलाइ लिएर एमाले सम्वद्ध श्रेष्ठलाइ हिजो पुरानो झागाझोलीको रामटारमा वाईसिएलले कुटपिट गरेको आरोपमा प्रतिकारमा एमालेले मुलकोटमा वर्देवा माथी आज आक्रमण गरेको स्थानीवासीले वताएका छन् ।

सडक निर्माणको नेपाली कम्पनी श्रेष्ठ कन्ट्रक्सन कम्पनी संग पेटी ठेक्का लिएको जलेश्वर निर्माण सेवाले ठुलो संख्यामा माओवादी सम्वद्ध व्यक्तिहरुलाइ मात्रै रोजगारी दिएको विरोध गर्दा श्रेष्ठलाइ कुटपिट गरेको बताइएको छ । माओवादी जिल्ला इन्चार्ज बुद्धिमान माझीले एमाले नेता रामकृष्ण श्रेष्ठको नेतृत्वमा रड र खुकुरी प्रहार गरि आफ्ना जिल्ला सदस्य बर्देवा माथि संागेतिक आक्रमण गरेकोले दोषी माथि कडा कारवाही र घाइतेको उपचारको व्यवस्था नभए गम्भिर परिणाम सम्वद्ध पक्षले भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

एमाले अध्यक्ष कमलजंग राइले राजनितिक झगडा नभएकाले स्थानिय स्तरमै बसेर मिलाउने तयारी भइरहेको बताउनुभएको छ । घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वहादुर भण्डारीले घटनालाई सामान्यीकरण गर्न ठुलो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ ।

Related

स्थानिय 1311319080328241341

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item