सिन्धुलीको मुलकोटमा माओवादी र एमालेवीच झडप,दुई घाईते

 सिन्धुली दर्पण/पुस २९- 

सडक निमार्णको विषयलाई लिएर सिन्धुलीको पुरानो झागाझोलीको मुलकोटमा एमाले र एकिकृत माओवादीविच आज झडप भएको छ । झडपमा परि माओवादि कार्यकता प्रदीप भनिने डुन्डीराज  वर्देवा र एमालेका मिन श्रेष्ठ सख्त घाईते भएका छन् । उनीहरुलाई उपचारार्थ धुलीखेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।
 घटना विवरण अनुसार विपी राजमार्गको मुलकोटमा सडक निमार्णको विषयलाई लिएर एमाले सम्वद्ध श्रेष्ठलाई हिजो पुरानो झागाझोलीको रामटारमा वाईसिएलले कुटपिट गरेका थिए त्यसको प्रतिकारमा एमालेले मुलकोटमा वर्देवामाथी आज आक्रमण गरेको स्थानीवासीले वताएका छन् । स्थानियवासीको अनुसार टनास्थल वरपर अहिल्य  तनावग्रस्त वनेको छ ।  

त्यस ठाउमा ठुलो सङख्यामा दुवैतर्फका नेता तथा कार्यकर्ता झडपको तयारी गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र वहादुर भण्डारीको अनुसार घटनालाई सामान्यीकरण गर्न ठुलो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

Related

स्थानिय 3495279690189061310

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item