साईरनलाई साच्चै साईरनलेनै व्युझाउनुपर्ने भो

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_8872.html
सिन्धुली दर्पण, पुस २३ -
सिन्धुलीमा चोरी डकैती नियन्त्रण गर्नको लागि सिन्धुली उद्योग वाणिज्य संघको पहलमा सूरु भएको वायरलेस साइरन अहिल्य सम्म वेकामको वनेको छ । जिल्लामा संचालन भएका आठवटा वैक तथा वित्तिय संस्थाहरुले अनिवार्य यो प्रविधि प्रयोगपर्ने भनिए पनि अहिलेसम्म यी संस्थाहरुले प्रयोग गरेका छैनन् । केन्द्रले यसका लागि वजेट निकासा नदिएकोले यो सुविधा लिन नसकेको सिन्धुली वाणिज्य वैकका प्रवन्धक फौद बहादुर सुनुवार भन्नुहुन्छ । उता सिन्धुलीमै केन्द्रिय कार्यालय रहेको एकमात्र निजी वैक मातृभुमि वैकका प्रवन्धक रामहरी पौडेल भने यसका लागि आफुले पैसा दिएको तर अहिलेसम्म कार्यालयमा जडान नभएको वताउनुभयो । कार्तिकवाट प्रारम्भ गरिएको यस प्रविधिको पचास जना व्यापारीहरुले प्रतिलाईन १५ सय शुल्कतिरी यो सुविधा लिएपनि यो प्रविधि वारे आफुहरुलाई केहि पनि ज्ञान नभएको व्यापारीहरुको गुनासो रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कन्ट्रोलरुममा राखिएको साइरनमा प्रयोग कर्ताको नाम ठेगाना टेलिफोन नम्वर आउने प्रविधिको व्यावस्था भएपनि यसको प्रयोगभने अहिले सम्म नभएको यो कुनै नौलो प्रविधि नभएको र अहिले सवैको हातमा मोवाइल भएकोले यो त्यति प्रभावकारी हुन नसकेकॊ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जनक भट्टराईले वताउनुभयो ।
साइरनको व्यवस्थापनको जिम्मा लिएको साइरन व्यवस्थापन समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष राजकुमार श्रेष्ठ कार्यव्यस्थताका कारण आफुले पैसा भुक्तानी पाएको ठाउँमा पनि जडान गर्न नसकिएको र केहि समयमै जिल्लाका सम्पूर्ण सरोकारवालाहरुलाई वोलाएर प्रविधिवारे जानकारी गराउने र यस प्रविधि लिनका लागि वैकहरुले भने रु ३४ हजार रकम जम्मा गर्नु पर्ने उहाँले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !