पर्यटन वर्ष २०११को भव्यरुपमा औपचारिक शुभारम्भ

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_9326.html
सिन्धुली दर्पण/पुस ३०-
सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०११ आजदेखि औपचारिक सुरु रुपमा सुरु भएको छ राष्ट्रपति डा रामवरण यादवले काठमाडौंमा दशरथ रंगशालामा आयोजना गरिएको विशेष समारोहमा भरिएका बेलुन उडाएर शुभारम्भ गर्नु भएको हो ।
पर्यटनका लागि सँगसँगै भन्ने नारासहित सुरु भएको पर्यटन वर्ष उद्घाटन समारोहमा नेपाली सेना प्रहरी विद्यार्थीहरुले नेपाली कला संस्कृति झल्कने विभिन्न प्रस्तुति भएको छ । त्यसअघि विभिन्न समुहरुका झाकी प्रस्तुत गरिएका थिए । उद्घाटन समारोहमा वोल्दै प्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन बर्ष सफल बनाउन सरकारले हर प्रयत्न गर्ने बताउनुभयो ।
नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसका विकासका लागि सबै लाग्नुपर्नेमा पनि प्रधानमन्त्रीले आह्वान गर्नुभयो । नेपाली झण्डा र पर्यटन बर्षको झण्डा बाकेर मार्चपास गरिएको थियो भने सबै राजनीतिक दलका प्रमुख नेताहरुले एकसाथ उठेर झण्डा हल्लाउँदै स्वागत गरेका थिए । उद्घाटन समारोहमा राष्ट्रपति उपराष्ट्रपति सभामुख प्रधानमन्त्री मन्त्रीहरु सबैदलका शीर्षनेताहरुको सहभागि थियो । त्यस्तै दक्षिण एसियाली सहयोग सङ्गठन सार्कका सबै मुलुकका पर्यटनमन्त्रीसहित अरु देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने सरकारले जनाएको छ ।
नेपालले वर्षभरिमा १० लाख विदेशी पर्यटन भित्र्याउने लक्ष्यसहित सन् २०११ लाई पर्यटनको वर्षको रुपमा घोषणा गरेको हो । पर्यटन वर्षको औचारिक उद्घाटनका लागि सरकारले विशेष तयारी गरेको छ । उद्घाटन समारोहमा २५ हजार भन्दा बढीको सहभागिता रहने र समारोह व्यवस्थित पार्नका लागि सयौं स्वयम् सेवकहरु परिचालन गरिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !