मरिण खोलामा विषादीको प्रयोग,माछा लोपहुने अवस्थामा

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_4562.html
सिन्धुली दर्पण/पुस ३० -
सिन्धुलीको मरिण खोलामा लुकिचोरि बिषादी प्रयोग गरी माछा मार्ने कार्य नरोकिदा स्थानिय बासि चिन्तित भएका छन् । बिगत केहि समयदेखि खोलामा बिषादी प्रयोग गरी माछा मार्ने काम हुदै आएकोमा स्थानियबासि चिन्तित भएका हुन् । त्यस्तै विहिबार साझ पनि बस्तिपु्र गाबिसको बस्ोरी खोलामा बिषादि मिसाइए माछा मार्ने काम भएको डाडि गुरासे बाट बिर बहादुर लोप्चनले जानकारी दिनुभएको छ ।
स्थानिय केहि ब्यक्तिहरुले नै सम्झाउदा सम्झाउदै पनि माछा मार्ने काम गरिरहेको लोप्चनले बताउनुभयो । खोलामा बिषादि मिसाएर माछा मार्ने कार्यले मानब लगायतका सम्पुर्ण प्राणिलाई असर पर्ने भएकोले सरोकार वाला हरु लाई यस तर्फ आकर्षित हुन स्थानिय बासिले अनुरोध गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !