विधार्थीभन्दा शिक्षक वढी,अवसर मिलाईदियो जिशिका सिन्धुलीले

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_221.html
सिन्धुली दर्पण/पुस ३० -
सिन्धुलीका प्राथमिक विद्यालयका शिक्षकहरु घाम तापेर वस्न वाध्य भएका छन् । विद्यालयमा विद्यार्थीहरु पढन आउन छोडेपछी उनीहरु दिउस भर विद्यालयको चौडीमा घाम तापेर दिन विताउने गरेका छन् । नेपालको श्ािक्षा नियमावलीमा ४० जना विद्यार्थी वरावर १ जना शिक्षक को व्यवस्था गर्ने भनिएको भए पनि सिन्धुलीमा भने यसको विपरित भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको श्री वर्देउठाकुर प्राथमिक विद्यालयमा १० जना विद्यार्थी नियमित पढन आउने गर्छनशिक्षक भने ४ जना रहेका छन । सिन्धुलीमा यस्ता थुप्रै प्राविहरु रहेका छन । विद्यालयमा नाम लेखाउने विद्यार्थीहरु थुप्रै भएपनि पढन नआउने अलि हुनेखानेका छोराछोरी निजी विद्यालयमा पढन जाने गरेकोले यस्तो समस्या आएको र जागिर खानको लागि भए पनि दिनभर वस्न वाध्य भएको वर्देउठाकुर प्राविकी प्रधानाध्यापक लक्ष्मी खत्री बताउनुहुन्छ ।
उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रस्वर मोत्तान भने कति शिक्षक राख्ने यो शिक्षा कार्यालयको हातमा भर पर्छ । हामिलाई काम गर्न दिनु पर्यो भनेर रुदै आउछन । राजनितिक दवावले गर्दा हाजिर गर्न दिनै पर्यो । शिक्षा कार्यालयले लान्छ अनि केहि दिनमा फेरी फिर्ता आउने समस्या वारम्वार दोहोरिन्छ । गरिव ज्यामिका छोराछोरी पढ्ने गरेकाले उनीहरु स्थायी रुपमा वसोवास नगर्नु पनि यसको प्रमुख कारण भएको वताउनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !