आज माघे सङ्क्रान्ति पर्व, कमलामाईमा भव्य मेला

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_7914.html
सिन्धुली दर्पण/माघ १ -
आज माघे सङ्क्रान्ति पर्व सिन्धुली लयायत देशैभर स्नान दानलगायत विभिन्न धार्मिक कार्यहरु गरी मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सौरमानको गणणबमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यताअनुसार सूर्य उत्तरायण भएको समय यज्ञ दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकालदे शुभ कर्महरु पनि यसै बेला सम्पन्न गर्ने गरिन्छ ।
यस उपलक्ष्यमा आज भक्तजनहरु बिहानैदेखि सिन्धुलीको कमलामाई,कालिकामाई मन्दिर, त्रिवेणी तलाउ कुण्ड तथा जलाशयमा मक स्ान गरिरहेका छन् । साथै कमलामाई मन्रिमा मेला भर्न देशका विभिन्न ठाउँका साथै छिमेकी देश भारतवाट समेत भाकलव्रर्त तथा पुजापाठ गर्न आएका छन् । आजकै दिन स्नान दान र पूजा अर्चना सम्पन्न गभएपछि आ-आफ्ना घरमा तिलको लड्डु तरुल घिउ चाकु खिचडी फुलौरा सेलरोटी आदि परिकार बनाएर खाने खुवाउने र मान्यजनबाट टाउकोमा तोरीको तेल लगाउने गरिन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !