सिन्धुलीमा मोबाइल सेवा अवरुद्ध

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_9440.html
सिन्धुली दर्पण/माघ २ -
सिन्धुली सदरमुकाममा ३ दिनदेखी नेपाल टेलीकमको नमस्ते सिडिएम एलगायतका मोबाइलको नेटवर्कमा समस्या आएको छ । नेटवर्कमा समस्या आएपछि मोवाइल प्रयोगकर्ताहरु प्रभावित भएका छन् । केहि समयअघि टेलीकमले २ सयमा पि्रपेड सिम वितरण गरेयता समयसमयमा समस्या हुदै आईरहेको थियो ।
सदरमुकाम तथा ग्रामिण भेगमा नेपाल टेलीकमका मोवाईल प्रयोगकर्ताले निकै नै सास्ती भोग्न वाध्य भएका छन् । नेटवर्क समस्याको बारेमा दूरसन्चार कार्यालयले भने टेलीफोनमा समस्या आए पनि समस्याको पहिचान हुननसकेको बताएको छ । तर सिन्धुलीमा एनसेल, युटिएल,स्मार्ट सेल भने सुचारु नै रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !