
http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_3992.html
नदि नियन्त्रणमा भ्रष्टचार भएको भन्दै नयाँ कार्यसमिती चयन
सिन्धुली दर्पण फागुन ७
नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोप व्यवस्थापन समिती दुधौलीका लागी नयाँ कार्यसमिती चयन गरिएको छ । तत्कालीन समितीले विगत १० वर्षदेखी नदी नियन्त्रणमा आएको वजेट हिनामिना गरेको र व्यापक भ्रष्टाचार गरेका कारण दुधौली महिला संजाल ७ वर्षदेखी त्यसको विरुद्ध आन्दोलित भएका थिए । समितीले गत आर्थिक वर्ष २०६४/६५ मा सात लाख र आर्थिक वर्ष २०६६/६७ मा नदी नियण्त्रणका लागी आएको २१४ थान तारजालीमध्ये ५६ थान मात्रै तारजाली लगाइएको थियो । फागुन ७ गते एक भेलाको आयोजना गरी समितीका अध्यक्ष लाल वहादुर थापालाई पदच्युत गरिएको थियॊ । पदच्युत गर्नका लागी सम्पूर्ण गाउँले र राजनैतिक दलले सहयोग गरेको थियो । पदच्युत गरिएका थापाले भने फोन मार्फत धम्क्याउँदै आएको स्थानिय वासीको भनाई रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !