प्रख्यात रक गायक ब्रायन यडम्सको लाइभ कन्स्रट हुँदै

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_1762.html
सिन्धुली दर्पण/फागुन ७ -
रंगशाला विवादका बीचमा प्रख्यात गायक ब्रायन डडम्सको कन्स्रट आज काठमाडौमा हुँदैछ । सम्बन्ध र जीवनका गीत गाउने गायक ब्रायन एडम्सको स्वरले आज साँझ गुन्जँदै छ काठमाडौं । मुख्यतः सन ८० को दशकदेखि गीत र स्वरले विश्व संगीतमा आफूलाई सधैं उचाइमा राख्दै आएका गायक आजै निजी विमानमा ढाकाबाट काठमाडौं आउने छन् । साँझ ८ बजेदेखि दुई घण्टा ब्रायनले डेढ दर्जन जति गीत दशरथ रंगशालामा गाउँने कार्यक्रम तय गरिएको छ ।
गत वर्षेखि ुब्रायन एडम्स लाइभ फुल ब्यान्डु नामको विश्वयात्रामा रहेका यी गायकले विभिन्न देशमा कार्यक्रम गर्दै आउनु भएको छ । एडम्सको कार्यक्रममा रंगशालामा स्थापित स्टेज तथा ध्वनि प्रणालीका लागि भारत र बेलायतबाट झिकाइएका उपकरणको ग्यारेन्टी नेपाल पर्यनन बोर्डलॆ लिएको छ । सुरक्षाका लागि ५ हजार प्रहरी परिचालन गरिएको छ । कार्यक्रम सात देखि ९ बजे सम्म हुनेछ । टिकटका लागि २ हजार देखि ६ हजार खर्च गर्नुपर्नेछ । कार्यक्रममा नेपाली रक गायकले पनि गीत प्रस्तुत गर्ने कार्यक्रम गर्नेछन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !