गजल


-प्रमिला
बुढाथोकी, सिन्धुली



चुलो चौको सधै गर्न छोड अव नारी

अन्यायको फुलवारी गोड अव नारी



छोरी हुदा हेला अनि बुहरी हुदा पनि

समाजको यो नियमलाइ तोड अव नारी



सवैको चाहानालाइ पुरा गरिकन

गलत तिम्रो पाइला मोड अव नारी



आधा आकाश ओगटेर वसेकी हौ तिमी

खुत्रुकेमा अधिकार फोड अव नारी

चुलो चौको सधै गर्न छोड अव नारी

अन्यायको फुलवारी गोड अव नारी


                                              

Related

विचाररसाहित्य 324208102008793609

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item