३ दिनपछि मात्र आगलागी भएको खबर

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_8362.html
सिन्धुली दर्पण/चैत १ -
सिन्धुलीको महादेवस्थान गाविस वडा नम्वर ६ भुडिफोरमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । फागुन २७ गते आगलागी भए पनि घटनास्थल जङ्गलको बीचमा रहेको र वरपर अन्य वस्ति नभएको कारण गाउँलेहरुले आजमात्र थाहा पाएका हुन् । आगलागीबाट भिमबहादुर थामी र देवबहादुर थामीको घर जल्नुको साथै ८० हजार नगद तिस मुरी धान नष्ट भएको छ । घटनास्थलमा प्रहरी पनि आजै पुगेको घटनास्थलबाट फर्केपछि महादेवस्थान वडा नम्वर ८ निवासी प्रकास मैनालीले जानकारी दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !