अनुदानमा मकैको विउँ वितरण


उमा केसी/ रामेछाप/चैत २९
मकै छर्ने सिजन पारेर जिल्ला कृषि विकास कार्यलय रामेछापले ५० प्रतिशत अनुदानमा किसानहरुलाई मकैको बीउ वितरण गरेकेा छ । जिल्लाका विभिन्न गाविसका किसानहरुलाई कार्यलयले प्रति केजी ८० रुपैया पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४० रुपैयाँका दरले वितरण गरेको हो । कार्यालयले यस बर्ष जिल्लाका मकै उत्पादन हुने क्षेत्रका किसानहरुलाई अनुदानमा ५ हजार ४ सय २० केजी विउँ वितरण गरेको जिल्ला कृषि विकास कार्यलय रामेछापले जनाएको छ । 

जिल्ला कृषि विकास कार्यलयका योजना अधिकृत विकास पौडेलका अनुसार ५० प्रतिशत अनुदानमा मकै खेतिका लागि ५ हजार २ सय ७० र विज बृद्धिका लागि १ सय ५० केजी गरी ५ हजार ४ सय २० केजी विउँ वितरण गरेको छ । रामेछाप जिल्लाका ५५ गाउँ विकास समिति मध्ये अधिकांश गाविसमा मकै खेति हुने हुनाले कृषि विकास कार्यलयका ६ वटा सेवा केन्द्रमार्फत अधिकांश गाविसमा विउँ वितरण गरिएको कार्यलयका योजना अधिकृत विकास  पौडेलले बताउनुभयो । 

Related

कृषि 1280509329075766230

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item