ट्याङ्कीको ठक्करबाट मकवानपुरमा २ बालबालिकाको मृत्यु


सुजीता न्यौपाने/मकवानपुर/चैत २९

मकवानपुरको हेटौंडा ११ नवलपुरमा तेल बोकेको ट्याङ्कीले किच्दा आज दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । सडकमा हिँडिरहेका पैदल यात्रीलाई बचाउने क्रममा ट्याङ्की पल्टिँदा सडक किनारमा हिँडिरहेका हेटौंडा ११ का  १२ वर्षका बालिका अस्मिता लामा र ९ वर्षका नितेश लामाको मृत्यु भएको हो ।

घटनामा हेटौंडा ११ निवासी अस्मिता विडारी घाइते हुनुभएको छ । घाइते बिँडारीलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको छ । घटनाको विरोधमा स्थानीयबासीले विहान १० बजेदेखि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नवलपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

Related

समाज दर्पण 9143707476930558125

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item