सात साना दलद्धारा संयुक्त आन्दोलनको घोषणा

सिन्धुली दर्पण/चैत १८ -


तोकिएको समयमा संविधान जारी गर्न दवाव दिने उद्देश्यका साथ एक महिने अल्टिमेटमसहित सात साना राजनीतिक दलहरुले मोर्चा निर्माण गर्दै आन्दोलनको घोषणा गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी नेपाल लोकतान्त्रिक समाजवादी दल नेपाल सदभावना पार्टी आनन्दीदेवी खुम्बुवान राष्ट्रिय मोर्चा आदिवासी जनजाती मधेसी दलित गणतान्त्रिक मोर्चा संयूक्त कोचिला संघर्ष मोर्चा र दलित गणतान्त्रिक मोर्चाले आदीवासी जनजाती मधेसी दलित गणतान्त्रिक गठबन्धन निर्माण गर्दै राष्ट्रिय मुक्ती आन्दोलनको नामबाट आन्दोलनको घोषणा गरेका हुन् । सात दलको गठबन्धनले आज रिपोर्टस्र क्लब नेपालमा पत्रकार सम्मेलनको गरेर आगामी चैत २० गते संविधानसभामा रहेका २८ राजनीतिक दल सभामुख र सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै एक महिने अल्टिमेटम दिने जानकारी दिएको हो । गठबन्धनले दिएको अल्टिमेटम सकिएको भोली पल्ट बैशाख २१ गतेदेखि आईएलओ महासन्धी १६९ कार्यान्वयन गराउन हस्तक्षेपकारी र नियन्त्रकको भूमिका खेल्ने त्यस्तै राजस्व करलगायतका आर्थिक स्रोतहरुको संकलनमा अवज्ञा गर्ने आन्दोलनको विपक्षमा उभिने अन्तर्राष्ट्रिय कुटनीतिक नियोग र संघसंस्थाहरुको भद्र अवज्ञा गर्ने  भद्र अवज्ञासहित स्वसासित राज्य र सरकारको घोषणा गर्ने सभासदहरुको भद्र अवज्ञा गर्नेलगायतका रहेका छन् । ती मागका साथै नेपाल बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

Related

राष्ट्रिय 2704789934304443957

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item