लैगिक हिसा विरुद्ध परामर्श कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_1823.html
सिन्धुली दर्पण/चैत २७,
लैगिक हिसा विरुद्ध जिल्ला स्तरिय एक दिने परामर्श अन्तकि्रया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा सिन्धुलीका पाँचवटा सामूयिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनीधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा घरेलु िहंसा कसुर ऐन २०६७ सम्बन्धी एक कार्यपत्र महिला तथा बालबालिका अधिकृत चन्द्रकला श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । साथै सिन्धुली माढी सामूदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर हायू प्रहरी निरीक्षक भागेन्द्र पूरुष ढकाल प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारी लगायतले विषयबस्तु माथि प्रष्ट पार्नुभएको थियो ।
अन्याय पर्दा कस्तो प्रकृया बाट सामूदायिक सेवा केन्द्र सम्म जाने र मेलमिलापका लागी कसरी मध्यस्ताको भूमिका निर्वाह गर्नु पर्छ भन्ने विषयलाई अझ प्रस्ट पार्नका लागि सिन्धुली माढीबजार सामूदायिक सेवा केन्द्रमा गएर एउट अभिनय मार्फत पनि स्पस्ट पारिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !