सिन्धुलीगढीमा शुभकामना आदानप्रदान


सिन्धुली दर्पण/वैशाख २
सिन्धुलीगढीको पर्यटन विकासमा सहयोग पुराउने उद्देश्य राखि होटल व्यवसायी संघ सिन्धुलीले विहिबार सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा एक विषेश कार्यक्रमको आयोजना गरी नयाँ बर्ष २०६८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । सम्पूर्ण होटल व्यवसायी एक हाै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्र बनाउन अघि बढौं नव बर्ष २०६८ तथा पर्यटन वर्ष २०११ भव्यताका साथ सफल पारौं ऐतिहासिक सिन्धुलीगढी अवलोकन गरौं भन्ने मूल नारा सहित संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

 होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष बद्रीबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा ऐतिहासिक सिन्धुलीगढी संरक्षण समितिका अध्यक्ष एंवम् नेकपा एकिकृत माओवादीका दीर्घराज श्रेष्ठले सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मन्त्रालयमा समेत आफूहरुले पहल गरिरहेको र मन्त्रालयमा गुरुयोजना बनिरहेकाले साथै निकट भविष्य मै सिन्धुलीगढीले पर्यटकीय विकासमा टेवा पुर् याउनेमा सबै विश्वस्त हुन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी नेपाली काग्रेसका उज्वल बरालले सिन्धुलीमा अहिलेसम्म पर्यटक भित्रयाउन कुनै पनि काम नभएको बताउँदै सबै दल मिलेर प्रयास गर्यो भने जिल्लामा पर्यटकहरु आकर्षित गरेर व्यवसायीकरण गर्न सकिने संभावना रहेको बताउनु भयो । होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष तथा होटल व्यवसायी संघ अाचल प्रतिनिधि बद्रीबहादुर कार्कीले सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न होटल व्यवसायी संघ जुन सुकै तवरबाट तयार रहने प्रतिबद्धता जानएका थिए ।

कार्यक्रममा नेकपा एमालेका विनोदकुमार श्रेष्ठ प्ररायू संघ केन्द्रीय सदस्य विनोद खड्का नेकपा मालेका बेचबहादुर हायू राष्ट्रिय जनमोर्चाका गंगा खड्का महिला मानव अधिकार रक्षक संजाकी अध्यक्ष गंगा दहाल नेपाल बार एशोसिएसनका प्रेम चन्द्र दहाल सिडस्का अध्यक्ष दिपक घिमिरे जिल्ला विकास समितिका कार्यक्रम संयोजक सागरकुमार ढकाल लगाएतले नयाँबर्ष २०६८ को शुभकामना दिदै जेठ १४ मै नेपाली नागरिकले नयाँ संविधान पाउनु पर्नेमा जोड  दिदै सिन्धुलीगढीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि सबैको ध्यानाकर्षण हुनु पर्ने बताएका थिए ।

Related

स्थानिय 8796489786335243394

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item