सिन्धुली अदालतबाट एक आर्थिक वर्षमा १ सय ६० मुद्धा फछ्यौट

http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_20.html
चीना थापा, सिन्धुली,साउन ५ ।
जिल्ला अदालत सिन्धुलीले आर्थिक वर्ष २०६८/०६९ मा १ सय ६० मुद्धा फछ्यौट गरेको छ । अदालतले दुनियाबादी देवानी, दुनियाबादी पलौजदारी र सरकारबादी गरी १ सय ६० मुद्धा फछ्यौट गरेको अदालतको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०६७/०६८ बाट जिम्मेवारी सरी आएका ९० वटा मुद्धा र आथिृक वर्ष २०६८/०६९ मा दर्ता भएका १ सय ६४ मध्ये १ सय ६० मुद्धा फछ्यौट भएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अदालत सिन्धुलीमा आर्थिक वर्ष २०६७/०६८ बाट जिम्मेवारी सरि आएका र आर्थिक वर्ष २०६८÷०६९ मा दर्ता भएका गरि कुल २ सय ५४ मुद्धाहरु रहेका छन् । आर्थिक वर्ष २०६७/०६८ मा दुनियाबादी पलैजदारी अन्तर्गत ३४ मुद्धा, दुनियाबादी देवानी अन्तर्गत २२ र सरकारी ३४ गरि ९० वटा मुद्धाको जिम्मेवारी सरी आएको थियो । यस्तै आर्थिक वर्ष २०६८/०६९ मा दुनियाबादी देवानी अन्तर्गत ८१, दुनियाबादी फौजदारी अन्तर्गत ३५ र सरकारी ४८ गरि जम्मा १ सय ६४ मुद्धा दर्ता भएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !