छोरीमात्रै जन्माको भन्दै श्रीमती घरनिकाला

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_3492.html
रमा कार्की/बैशाख २
महोत्तरी जिल्ला खयरमारा गाविस वडा नं ८ निवासी देवकुमारी कार्की लाई छोरा नपाएको भन्दै श्रीमान् र सासुले घरबाट निकालेका छन् । पाँचवटी छोरी नै छोरी भए पछि श्रीमान शंकर बहादुर कार्कीले छोरा नपाएको भन्दै कुटपिट गर्ने र मानसिक तनाव दिदै आएपछि घरबाटै निकालिएको पिडित कार्कीले वताएकिछिन् ।
दुइ महिनाकी सुत्केरी देवकुमारी काखकी छोरी र ७ बर्षिया माहिली छोरी सरितालाई साथमा लिएर साहरा माग्दै शुक्रवार सिन्धुलीमाढी आइपुगेकी हुन् । उनकी छोरी सरिता भन्छिन आमालाई बुवाले सधै घरबाट निस्की भनेर पिटेको पिट्यौ गर्नुहुन्थ्यो ।
उनी बेसहार बनेर दुइटी छोरी लिएर भौतारिरहेको अवस्थामा भेटेर ग्रामिण महिला चेतना केन्द्र भिडब्लु सिसिले अहिले उनलाइ माझिटार स्थित होटलमा राखेर खाने बस्ने व्यवस्था मिलाएको र सामुदायिक सेवा केन्द्र सिन्धुली मार्फत महोत्तरी प्रहरी कार्यालयमा खवर गरिसकीएको र उनको श्रीमान् शंकर कार्की लाई सिन्धुलीमै झिकाएर विस्तृत जानकारी लिएर देवकुमारी लाई न्याय दिलाउन आफनो संस्था मार्फत सक्दो सहयोग गर्ने संस्थाकी सचिव सान्त्वना सुनुवारले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !