देशमा १४ घण्टा लोडसेडिङ,गाउँमा विद्युत खपत हुन सकेन

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_16.html
सिन्धुली दर्पण/वैशाख ३
देशले १४ घण्टाको लोडसेडिङको मार खेपिरहेको वेला सिन्धुलीको दुर्गम गाविस लाम्पानटारका वासीन्दाभने उत्पादित विद्युत खपत नभएका कारण चिन्तित भएका छन । गाविसको कन्याखोलामा खेर गइरहेको पानीवाट एकवर्ष अगाडी १२।५ किलोवाट विद्युत उत्पाद भइरहेको भएपनि उत्पादित विद्युत गाउमा खपत हुन नसकेको योजना समितिका अध्यक्ष अर्जुन वहादुर तामाङले वताउनुभयो ।
विद्युत उत्पादगर्न सफल भएपनि उत्पादित विद्युत खपत हुन नसक्दा स्थानियवासीहरु चिन्तित बनेको अध्यक्ष तामाङले वताउनुभयो । एकवर्ष अधि निर्माण कार्य सम्पन्न भएको योजनावाट लाम्पानटार गाविसका १४५ र ६ नम्वर वडाका वासिन्दाले उपभोग गर्दै आएका छन । स्थानियवासीबाट करिव ४ किलोवाट विद्युतमात्र खपत हुने भएकाले अन्य ८ किलोवाट विद्युत खेर गइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
गाउँमा विद्युत खपत हुने कलकारखानामिल र मनोराजनका साधन टेलिभिजन लगाएतका साधन नभएकाले विद्युत खपत हुने नसकेको स्थानियवासी ज्ञाव बहादुर आलेले वताए । स्थानियवासीले उज्यालोको लागि साधरणतया ९ वाट सम्मको चिम प्रयोग गर्ने हुनाले विद्युत खपत नभएको उहाँको भनाइ रहेको छ । स्थानियवासीले विद्युत खपत गर्न नसकेपछि दिउसभरी विद्युत उत्पादन कार्यवन्द गर्ने र साझ देखि विहानको समयमा मात्रै विद्युत उत्पादन गर्ने गरेको अध्यक्ष तामाङले वताउनुभयो ।

छिमे्की गाउमा विद्युत खपत हुन सकेको छैन तर आफुहरुले अध्यारोमा वस्नु परेको छ खपत हुन नसके्को विद्युत आफ्नो गाउँमा समेत विस्तार गरे गाउँपनि उज्यालो हुने र उत्पादित विद्युत पनि खपत हुने उनले गुनासो गर्नुभयो । तत्कालै अन्य गाँउमा विद्युत विस्तार गर्ने कुनै पनि योजना नरहेको योजनाका अध्याक्ष तामाङ बताउछन । यसका लागि प्रकि्रया अलि लामो भएकाले केहि समय लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !