संविधानसभाको चुनाव छिटो गर्न राष्ट्रपतिको अपिल


काठमाण्डौ,फागुन ७ ।
राष्ट्रपति डा. रामवरण यादवले जतिसक्दो चाँडो संविधानसभाको चुनाव गराउनु एकमात्र विकल्प भएको बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको आधारमा जतिसक्दो छिटो संविधानसभाको चुनाव गर्नु–गराउनु एकमात्र विकल्प भएको बताउनुभएको हो । राष्ट्रपतिले संविधानसभाको बिघटनसँगै छरपस्ट हुन पुगेको संविधान निमाण र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कामलाई गति दिन र दिशा प्रदान गर्ने काममा जुट्नका लागि राजनीतिक शक्ति लगायत सबैमा अपिल पनि गर्नुभएको छ । “राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता सुदृढ गर्न तथा आपसी विश्वास, सहमति र सहकार्यद्धारा निर्वाचनको माध्यमबाट नयाँ संविधानसभाको गठन र त्यसमार्फत लोकतान्त्रिक संविधान निर्माण गरी देशमा शान्ति र सुव्यवस्था कायम गर्न सफल विश्वा व्यक्त गर्दछु” राष्ट्रपतिले वतब्यमा भन्नु भएको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुभकामना व्यक्त गर्दै दिगो शान्ति स्थापनाको लागि आपसी सहकार्य र समझदारीमा जोड दिनुभएको छ । बिभिन्न राजनीतिक दलका प्रमुख तथा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि छुट्टाछुट्टै शुभकामना सन्देश दिदै प्रजातन्त्रको विकास तथा बिभिन्न चरणमा भएका आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको औंल्याएका छन् ।

Related

राष्ट्रिय 2552470089113570744

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item